सचिवहरुलाई तालिम दिने व्यवस्था गर्न माग | Khabarhub Khabarhub

सचिवहरुलाई तालिम दिने व्यवस्था गर्न माग


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले हरेक आर्थिक वर्षको पहिलो साता सचिवसहितका सबै कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले नयाँ संविधानबारे कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण अहिले कानुन निर्माणका कठिनाई भईरहेकोतर्फ पनि सचेत गरए ।

उनले कर्मचारी तथा संस्थाहरुको पनि क्षमता अभिवृद्धिका लागि हरेक आर्थिक वर्षको पहिलो साता अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने बताए ।

नेता शर्माले कर्मचारीहरुलाई नयाँ संविधानको स्पिरिटका विषयमा पनि तालिम दिन जरुरी रहेको बताएका हुन् । लोकतन्त्र, संघीयता र समावेशी सिद्धान्तका बारेमा कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण त्यसले अहिले आएर विवाद सृजना गरिरहेको नेता शर्माको बुझाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ४ : ४३ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ