राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ « Khabarhub

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको क्षेत्रका बासिन्दालाई हटाउने इजरायलको धम्कीलाई ‘अत्यन्त आपत्तिजनक’ भन्दै कडा आलोचना गरेको छ ।

राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मंगलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई क्षेत्रबाट हटाउने धम्की अस्वीकार्य भएको बताइन् ।

“बालबालिकाले चङ्गा उडाएको कारण धपाउने धम्की अत्यन्त आपत्तिजनक कुरा हो,” उनले भनिन् ।

इजरायलले आइतबार गाजाबाट इजरायली क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउने गतिविधि नरोकिए सैन्य कारबाही तीव्र पार्ने चेतावनी हमासलाई दिएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कारबाही गर्ने र गतिविधि हुने क्षेत्रका बासिन्दालाई समेत हटाउने चेतावनी दिएका थिए ।

पछिल्ला दिनमा गाजा सीमावर्ती क्षेत्रमा चङ्गा उडाउने घटना बढेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । शनिबार सीमावर्ती बस्तीमा चारवटा चङ्गा फेला परेको र आइतबार इजरायली सेनाले एउटा चङ्गा खसालेको बताइएको छ। पछिल्ला केही दिनमा फेला परेका चङ्गाको सङ्ख्या करिब १० पुगेको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यी घटनाले विगतमा गाजाबाट इजरायलतर्फ आगो लगाउने उद्देश्यले उडाइएका चङ्गा र बेलुनको घटनालाई पुनः स्मरण गराएको छ। त्यस्ता चङ्गा र बेलुनका कारण दक्षिणी इजरायलका कृषि क्षेत्रमा आगलागी हुने गरेको थियो ।

इजरायली अधिकारीहरूले पछिल्ला घटनामा हमासको संलग्नता हुन सक्ने आशङ्का गरेका छन् । यद्यपि ती चङ्गामा विस्फोटक पदार्थ नभएको र सम्भवतः इजरायलको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गतिविधि गरिएको हुन सक्ने इजरायली सञ्चारमाध्यमले जनाएका छन्। हमासले भने चङ्गा उडाउने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नाइमले भग्नावशेषबीच बालबालिकाले आफ्नो निर्दोष बाल्यकाल खोजिरहेको भन्दै उनीहरूले चङ्गा उडाएको दाबी गरेका छन् ।

हमासले आइतबार मध्य गाजामा भएको इजरायली हवाई आक्रमणलाई समेत चङ्गा उडाइएको घटनासँग जोडेको छ। गाजाको नागरिक सुरक्षा उद्धार सेवाका अनुसार उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

राष्ट्रसङ्घकी प्रवक्ता शमदासानीले इजरायलको पछिल्लो चेतावनी उच्च तहका अधिकारीबाट आएका आपत्तिजनक अभिव्यक्तिको शृङ्खलामध्येको पछिल्लो भएको बताइन् ।

उनले यस्ता अभिव्यक्तिले अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानुनप्रति गम्भीर अनादर देखाउने र थप हिंसा बढाउने जोखिम रहेको चेतावनी दिइन् ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ८ : ४९ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना