छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मोरङ र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङ, शनिश्चरे नगरपालिका(१० पूर्वपश्चिम राजमार्गमा को १ ख ४८४२ नम्बरको बसले मे १ च ५३९१ नम्बरको पिकअपलाई बिहीबार बिहान ठक्कर दिई बस अनियन्त्रित भई पल्टिएर भएको दुर्घटनामा बसमा सवार हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको घटनास्थलमै तथा गम्भीर घाइते भएका बसका सहचालक कानेपोखरी गाउँपालिका ३ बस्ने ३१ वर्षीय टिकाराम थापाको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ८ जनाको पथरी अस्पताल पथरीमा, ७ जनाको नोवेल अस्पताल बिराटनगरमा र ११ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, कोहलपुर नगरपालिका(२ मुक्तिनगरमा भे।१ क १२५३ नम्बरको स्कूल बसले बिहीबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने हरि चौधरीकी ३ वर्षीया छोरी रिदम चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : १२ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा