अन्तरिक्ष केन्द्रबाट तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता « Khabarhub

अन्तरिक्ष केन्द्रबाट तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका तीन जना अन्तरिक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेको समयमा तीन वैज्ञानिक सकुशल फर्किएका हुन् ।

काजकस्थानको झेखाजगान सहरनजिक अन्तरिक्षयात्रीहरु सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्षयात्रीहरुमा नासाका अन्तरिक्षयात्री आन क्याकक्लेन, वरिष्ठ रुसी अन्तरिक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक्षकेन्द्रका डेभिड सेन्ट ज्याक्स छन् ।

नासाबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनैजना यात्रु पृथ्वीमा अवतरण परेपछि साथीहरुसँग मुस्कुराइरहेको देखिन्थे । क्यानाडाली र अमेरिकी अन्तरिक्षयात्री खजाकस्तानबाट मस्को हुँदै स्वदेश फर्किएका छन् ।

अन्तरिक्ष केन्द्रमा रहँदा दुईपटक अन्तरिक्षमा हिँडेको म्याकक्लेनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : ३७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति