बुद्धको मूर्ति तोडफोड धार्मिक सद्भाव खल्बलाउने कुकृत्यः बौद्ध महासंघ « Khabarhub

बुद्धको मूर्ति तोडफोड धार्मिक सद्भाव खल्बलाउने कुकृत्यः बौद्ध महासंघ


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- नेपाल बौद्ध महासंघले रूपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व शान्तिको प्रतीक बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउने कुकार्यले कसैको हित नहुने भन्दै महासंघले विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘यस प्रकारको निन्दनीय कार्य गर्ने, गराउनेहरूलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोरदार माग गर्दछौं । साथै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता कार्यलाई निरुत्साहित गर्न समस्त नेपालीहरूमा हार्दिक अपिल गर्दछौं ।’

बिहीवार विहान मूर्ति तोडफोड अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेले बताए । मेयर घिमिरेका अनुसार मूर्ति तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाए ।

‘धर्ममाथिको आक्रमण जस्तो देखिएको छ, बुद्धको मूर्ति यहाँको पहिचान झल्काउनका लागि राखिएको थियो’ उनले भने ,’पहिचान मेटाउने कुत्सित मनसाय भएकाले घटना घटाएको हुन सक्छ।’

रुपन्देहीको सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । गौतम वुद्धको जन्म स्थान लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा ६ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो । जसमध्ये पाँच मुर्तिमा क्षति पुगेको छ ।

एउटा मूर्ति राख्नका लागि ५० देखि ६० हजार खर्च भएको र ६ वटा मूर्ति राखिएको मेयर घिमिरेले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ०२ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र