सरकारबाट ३ अर्ब पाएको साझाले कार्तिकसम्म विद्युतीय बस सञ्चालनमा ल्याउने | Khabarhub Khabarhub

सरकारबाट ३ अर्ब पाएको साझाले कार्तिकसम्म विद्युतीय बस सञ्चालनमा ल्याउने


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साझा यातायातलाई विद्युतिय बस खरिदका लागि तीन अर्ब रुपैयाँ प्रदान गरेको छ । तीन सय विद्युतीय बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

साझाले अब काठमाडौं उपत्यका र उपत्यकाबाहिर चल्ने फरक–फरक विशेषता भएका बसहरु खरिद गर्ने भएको छ । सरकारले प्रदान गरेको तीन अर्ब रुपैयाँ साझाको खातामा जम्मा भइसकेको साझा यातायातका कार्यकारी प्रवन्धक महेन्द्रराज पाण्डेले खबरहबलाइ जानकारी दिए ।

‘मन्त्रालयले विद्युतीय बसका लागि गत आर्थिक वर्षलाई आधारवर्षका रुपमा हेरेको र नीति निर्माणका धेरै कामहरु गएको वर्ष भएका छन्’, मन्त्री रघुवीर महासेठले पत्रकार सम्मेलनमा भने, ‘अब कार्यान्वयनमा थालेका छौं ।’

साझाले खरिद गर्ने बसहरु असोजदेखि कार्तिकभित्र उपत्यकामा चल्न सुरु गर्ने मन्त्री महासेठले बताए । सार्वजनिक खरिद ऐनको प्रक्रिया वा जि टु जि प्रक्रियाबाट साझाले विद्युतीय बस खरिद गर्ने पनि महासेठले जानकारी दिए ।

विद्युतीय बस सञ्चालन योजना कार्यान्वयन सार्वजनिक यातायात सुधारको एउटा महत्वपूर्ण काम भएको मन्त्री महासेठले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ३७ बजे

लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !

काठमाडौं- सरकारले आयोजना गरेको ‘नेपाल इन्भेष्टमेन्ट समिट (लगानी सम्मेलन) सोमबार

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि

काठमाडौं महानगरको एक महिने ‘सीप मेला’ भोलिदेखि

काठमाडौं– शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने मुख्य

नेपाल टेलिकमकाे आइसीटी डे अफर, ४९ रुपैयाँमै दिनभरि डाटा चलाउन सकिने

काठमाडौं– नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।