सरकारबाट ३ अर्ब पाएको साझाले कार्तिकसम्म विद्युतीय बस सञ्चालनमा ल्याउने « Khabarhub

सरकारबाट ३ अर्ब पाएको साझाले कार्तिकसम्म विद्युतीय बस सञ्चालनमा ल्याउने


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले साझा यातायातलाई विद्युतिय बस खरिदका लागि तीन अर्ब रुपैयाँ प्रदान गरेको छ । तीन सय विद्युतीय बस खरिद गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

साझाले अब काठमाडौं उपत्यका र उपत्यकाबाहिर चल्ने फरक–फरक विशेषता भएका बसहरु खरिद गर्ने भएको छ । सरकारले प्रदान गरेको तीन अर्ब रुपैयाँ साझाको खातामा जम्मा भइसकेको साझा यातायातका कार्यकारी प्रवन्धक महेन्द्रराज पाण्डेले खबरहबलाइ जानकारी दिए ।

‘मन्त्रालयले विद्युतीय बसका लागि गत आर्थिक वर्षलाई आधारवर्षका रुपमा हेरेको र नीति निर्माणका धेरै कामहरु गएको वर्ष भएका छन्’, मन्त्री रघुवीर महासेठले पत्रकार सम्मेलनमा भने, ‘अब कार्यान्वयनमा थालेका छौं ।’

साझाले खरिद गर्ने बसहरु असोजदेखि कार्तिकभित्र उपत्यकामा चल्न सुरु गर्ने मन्त्री महासेठले बताए । सार्वजनिक खरिद ऐनको प्रक्रिया वा जि टु जि प्रक्रियाबाट साझाले विद्युतीय बस खरिद गर्ने पनि महासेठले जानकारी दिए ।

विद्युतीय बस सञ्चालन योजना कार्यान्वयन सार्वजनिक यातायात सुधारको एउटा महत्वपूर्ण काम भएको मन्त्री महासेठले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ३७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील