साथीलाई ‘ह्याण्डसम’ भन्दा समाचार वाचिकाको जागिर चट् « Khabarhub

साथीलाई ‘ह्याण्डसम’ भन्दा समाचार वाचिकाको जागिर चट्


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामान्यतया कसैलाई ह्याण्डसम अर्थात ब्युटिफुल भन्नु कुनै नौलो कुरा होइन । झन् यसो भन्दैमा कारबाही नै भोग्नु पर्छ भन्ने त कसैले सोचेको समेत हुँदैन । तर, भयो त्यस्तै आफ्नै सहकर्मी साथीलाई ह्याण्डसम भन्दा समाचार वाचिकाको जागिर नै निलम्बनमा पर्‍यो ।

यो घटना नेपालको भने होइन, कुवेतमा आफ्नो पुरुष साथीलाई सुन्दर अर्थात ह्याण्डसम भनेको भन्दै समाचार वाचिका निलम्बनमा परिन् । एक बर्ष अघि चुनावी समाचार संकलनका क्रममा आफ्नो साथीलाई सुन्दर देखिएको भनेको निहुँमा उनी निलम्बन परेकी हुन् । उक्त टेलिभिजन कुवेत सरकार सूचना मन्त्रालयले सञ्चालनमा ल्याएको हो ।

संयोग हो या कुनै दुराशय राखेर बोलेको भन्ने विषयमा मन्त्रालयमा छलफल चलेकाले समाचार वाचिकलाई निलम्बन गरिएको अधिकारीहरुले बताएका थिए । उक्त समाचार सामाजिक सञ्जाल ट्विटरमा भाइरल भएपछि छानविनका लागि सरकारलाई झनै दबाब परेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ४७ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि