पत्रपत्रिकाको सम्पादकीय : संवैधानिक अंगको साखदेखि वाइडबढीसम्म « Khabarhub

पत्रपत्रिकाको सम्पादकीय : संवैधानिक अंगको साखदेखि वाइडबढीसम्म


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीबाट आज(सोमबार) प्रकाशित दैनिक पत्रिकारले संवैधानिक अंगको साखदेखि वाइडबढी प्रकरणका विषयलाई सम्पादकीयमा समेटेका छन् । त्यस्तै नेपालको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर, छोरीलाई सुरक्षालगायतका विषय सम्पादकीयमा समेटिएका छन् ।

जोगिन सकिने जोखिम शीर्षकमा कान्तिपुरले लेखेको सम्पादकीयमा नेपालमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ । १ सय जना महिलाको रोग परीक्षण गर्दा ८ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना देखिन्छ । यसबाट जोखिन १३/१४ वर्षमै एचपीभी भ्याक्सिन लगाउन सकिने भएपनि यो महँगो छ । यसको मूल्य ५० हजार पर्छ ।

मानव भ्रुण हुर्कने घरै पाठेघर भएकाले यसमा हुने संक्रमणबाट जोगाउन सरकार र सर्वसाधारण सचेत बन्न सके पाठेघरको क्यान्सरलाई परास्त पार्न सक्ने सम्भावना छ ।

संवैधानिक अंगको साख शीर्षकमा नागरिक दैनिकले लेखेको सम्पादकीयमा उच्च राजनीतिक नेतृत्वले आफू पनि शुद्ध रहने रउपयुक्त व्यक्तिलाई नियुक्ति गर्ने परिपाटी भयो भने अहिलेको जस्तो पाठक काण्ड दोहोरिने छैन । लोकतन्त्र बलियो हुनका लागि संस्था निर्माण हुनु आवश्यक रहेको उल्लेख गरेको छ ।

वाइडबडी, वाइड लाइज शीर्षकमा नयाँ पत्रिकाले लेखेको सम्पादकीयमा वाइडबडी आफैंमा प्रश्न बनिरहेको बेला सरकारले जनता र संसदलाई छल्न झन ठूलो झुटो बोल्नुभन्दा अख्तियारलाई यसबारे अनुसन्धानको जिम्मा लगाएर छिटो निष्कर्षमा पुग्न सहयोग गर्नु जायज हुनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ७ : ३१ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा