नेकपा सचिवालय बैठक आज, पार्टीको एकता प्रक्रिया टुंग्याउने मुख्य एजेन्डा « Khabarhub

नेकपा सचिवालय बैठक आज, पार्टीको एकता प्रक्रिया टुंग्याउने मुख्य एजेन्डा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (सोमबार)लाई बोलाइएको छ । बिहान साढे ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको एकता प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएर छलफल गरिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पार्टी एकताको खाका तयार पार्न गठन गरिएको कार्यदलले बुझाएको प्रतिबेदनका विषयमा छलफल गरिने कार्ययोजना रहेको पनि श्रेष्ठले बताए । कार्यदलको प्रतिवेदन सचिवालयमा छलफल गरिसकेपछि एकताको काम पार्टी अध्यक्षद्वयलाई जिम्मेवारी दिने वा कार्यदलको समयसीमा थप्ने भन्ने निर्णय आजको बैठकले गर्न सक्ने उनले बताए ।

एकता प्रक्रिया टुंग्याउन गठन गरिएको कार्यदलले निर्धारित समयमा सबै काम गर्न नसक्दा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफललाई तीब्र पारेका छन् । आइतबार पनि अध्यक्षद्वयले कार्यदलका संयोजक रामबहादुर थापा, पार्टी महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।

गत जेठ ३ गते पार्टी एकता गरी ३ महिनाभित्र तल्लोतहसम्मको एकता प्रक्रिया टुंग्याउने दाबी गरेको नेकपाले प्रदेशको नेतृत्व चयनदेखि बाँकी काम गर्न सकेको छैन् ।

नेकपाका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग, लेखापरीक्षण आयोग, सल्लाहकार परिषदलगायतको एकता प्रक्रिया टुंग्याउन सकेको छैन् ।

त्यस्तै पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काममा पनि नेकपाले निर्णय लिन सकेको छैन् । त्यस्तै जनवर्गीय संगठन, केन्द्रदेखि स्थानीय तहसम्मै बाँकी छ भने प्रवास क्षेत्रको एकीकरण पनि हुन सकेको छैन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ०० बजे

मङ्गलवारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुनसरी च्याम्पियन

सुनसरी– कोशी प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सुनसरी

लिखतसम्बन्धी कसुर: वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

पोखरा– गण्डकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष (आव) २०८३–०८४

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ