नदीबाट दैनिकी गुजार्ने महानगरका ६८ परिवार « Khabarhub

नदीबाट दैनिकी गुजार्ने महानगरका ६८ परिवार


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाका ६८ परिवार नदीकै भरमा गुजारा चलाइरहेका छन् । स्मार्टसिुटीका लागि तथ्यांक संकलन गरिरहेको महानगरले नारायण र राप्ती नदीबाट नगरका ६८ परिवारले जीविको चलाइरहेको जनाएकोछ ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ अनुमति नदिइएको भए पनि पुरानाको नवीकरण भइरहेको छ । तीमध्ये भरतपुर महानगरपालिकाका मात्रै ६८ जना छन् ।

यसैगरी खैरहनी नगरपालिकाका आठ जना, रत्ननगर नगरपालिकाका चार जना र माडी नगरपालिकाका एक जना छन् । अन्य जिल्लामा घर भएर निकुञ्ज हुँदै बग्ने नदीमा माछा मार्नका लागि करीब ३ सय जनाले अनुमति लिएको ढकालले बताए ।

हाते जाल प्रयोग गरी माछा मार्नका लागि अनुमति लिने अधिकांश बोटे समुदायका छन् । उनीहरुको परम्परागत पेशा माछा मार्ने हो ।

अनुमति पत्र लिनेहरुले महाजाल, विष प्रयोग गर्न पाउँदैनन् । यद्यपि यस आर्थिक वर्षमा महाजालमा परेर तीन वटा गोही राप्ती नदीमा मरेका छन् । गत वर्ष नारायणी नदीमा एउटा भाले गोही महाजालमा परेर मरेको थियो । लुकीछिपी महाजाल प्रयोग भइरहेको छ ।

नदीमा जाल प्रयोग गरेर माछा मार्नेहरुले राम्रो आम्दानी गर्न सकेको पाइँदैन । यद्यपि यसबाट जलचरमा प्रभाव परेको संरक्षणकर्मीहरुले बताउँदै आएका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदीमा आश्रितलाई वैकल्पिक रोजगारीको व्यवस्था गरेर नदीप्रतिको निर्भरता घटाउनेतर्फ लाग्नुपर्ने बताइन । उनीहरुले यही पेशाबाट जीवनस्तर उकास्न नसक्ने भएकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने दाहालको भनाई छ।

विश्वबाटै लोप हुँदै गएको घडियाल गोहीको मुख्य बासस्थान नारायणी र राप्ती नदी हो । घडियाल गोहीले माछा मात्रै खाने गर्दछ । मानिसले माछा मार्दा घडियालको आहारा कम हुने हुँदा गोही संरक्षणमा समस्या पर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ५७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह