नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् ! | Khabarhub Khabarhub

नेकपा नेताको टिप्पणी- भगवान पशुपतिले जोगाउन नसकेको कांग्रेसलाई गायक पशुपतिले रक्षा गरुन् !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माले आफ्ना सरकार विरुद्ध नियोजित रुपमा गीत गाएको आरोप नेकपा सांसदले लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा सांसद झपटबहादुर रावलले नेपाली कांग्रेस नेतृत्वको सरकारका बेला ‘मलाई जापान पनि यही’ बोलको गीत गाएको र अहिलेको सरकारलाई यमराज, कुकुरको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । गायक शर्माले जनगायन गरेको भन्दै नेपाली कांग्रेसका सांसद अमरेशले २५ हजार नगद दिने घोषणा गरेपछि यो कुरालाई पुष्टि गरेको नेकपा सांसद रावलको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको रक्षा भगवान पशुपतिनाथले गर्न नसकेको भन्दै सांसद रावलले अब गायक पशुपतिले गरुन् भन्दै कामना गरे ।
‘सरकारले यो गीतलाई कुनै पनि प्रतिवन्ध लगाएको छैन’ सांसद रावलले भने,‘भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतिले रक्षा गरुन् ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ४० बजे

रात्रिकालीन व्यवसायीले भने : ५ प्रतिशत मनोरञ्‍जन कर तिर्नुपरे व्यवसाय बन्द गर्छौँ

काठमाडौं- बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण 

खोटाङ– जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको

भारतमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित

काठमाडौं– विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री

ढ्यांग्रो र थाल ठटाउँदै बचत फिर्ता मागे सहकारीपीडितले (तस्बिरहरू)

काठमाडौं- चार दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका सहकारी पीडितहरूले सोमबार संसद्

काभ्रेपलान्चोकका पाँच स्थानीय तहको बेरुजु शून्य

काभ्रेपलाञ्चोक– आर्थिक वर्ष २०७९-८० मा पाँच स्थानीय तहको बेरुजु शून्य