राजश्व अनुसन्धान विभागका तत्कालिन अधिकृतविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

राजश्व अनुसन्धान विभागका तत्कालिन अधिकृतविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध झन्डै ३ करोड रुपैयाँ बराबर बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रिजालले विभागमा कार्यरत रहँदा अवैधानिक स्रोतबाट सम्पत्ति आर्जन गरेको उजुरीमाथिको अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

६ कात्तिक २०४० देखि ५ वैशाख २०४१ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा काम गरेका रिजाल ११ वैशाख २०४१ देखि भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदमा स्थायी नियुक्त भएका थिए । पछि १५ वैशाख २०७४ मा रिजाल राजश्व अनुसन्धान विभागको शाखा अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।

सेवामा रहँदा रिजालले तलव तथा प्रोत्साहन भत्ता र उनकी श्रीमती स्वस्थानी रिजालको पारिश्रमिकलगायत व्यवसायबाट १ करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । तर, सोही अवधिमा रिजालले विभिन्न क्षेत्रमा ४ करोड ९४ लाख २४ हजार ८ सय १९ रुपैयाँ खर्च गरेको अख्तियारको छानबिनबाट फेला परेको छ ।

रिजालले वैध रुपमा गरेको आम्दानी र खर्चको हिसाव गर्दा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको स्रोत नखुलेको देखिएको छ ।

अख्तियारले स्रोत नखुलेको रकम २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबर बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ३० बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो