राजश्व अनुसन्धान विभागका तत्कालिन अधिकृतविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा « Khabarhub

राजश्व अनुसन्धान विभागका तत्कालिन अधिकृतविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध झन्डै ३ करोड रुपैयाँ बराबर बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रिजालले विभागमा कार्यरत रहँदा अवैधानिक स्रोतबाट सम्पत्ति आर्जन गरेको उजुरीमाथिको अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

६ कात्तिक २०४० देखि ५ वैशाख २०४१ सम्म खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा काम गरेका रिजाल ११ वैशाख २०४१ देखि भूमि सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदमा स्थायी नियुक्त भएका थिए । पछि १५ वैशाख २०७४ मा रिजाल राजश्व अनुसन्धान विभागको शाखा अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।

सेवामा रहँदा रिजालले तलव तथा प्रोत्साहन भत्ता र उनकी श्रीमती स्वस्थानी रिजालको पारिश्रमिकलगायत व्यवसायबाट १ करोड ९६ लाख ८६ हजार ५ सय ९ रुपैयाँ वैध रुपमा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । तर, सोही अवधिमा रिजालले विभिन्न क्षेत्रमा ४ करोड ९४ लाख २४ हजार ८ सय १९ रुपैयाँ खर्च गरेको अख्तियारको छानबिनबाट फेला परेको छ ।

रिजालले वैध रुपमा गरेको आम्दानी र खर्चको हिसाव गर्दा २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको स्रोत नखुलेको देखिएको छ ।

अख्तियारले स्रोत नखुलेको रकम २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबर बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ३० बजे

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले