इस्लामिक स्टेटका जर्मन लडाकु स्वदेश फर्किनसक्ने « Khabarhub

इस्लामिक स्टेटका जर्मन लडाकु स्वदेश फर्किनसक्ने


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटका तर्फबाट लड्ने जर्मन लडाकुलाई स्वेदश फर्किने पूर्ण हक रहेको जर्मन सरकारको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

जर्मनीको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ताले आफ्नो नियमित पत्रकार सम्मेलनका क्रममा इस्लामिक स्टेटका जर्मन लडाकुलाई स्वदेश फर्किने नैसर्गिक अधिकार रहेको जनाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरुलाई इस्लामिक स्टेटका तर्फबाट लड्ने आफ्ना नागरिकहरुलाई स्वदेश लैजान र उतै कानूनी कारवाहीको प्रकृया सुरु गर्न आह्वान गरेको केही दिनलगत्तै जर्मन सरकारको यस्तो भनाइ आएको हो ।

गत ६ वर्षयता युरोपबाट हजारौँ लडाकुहरु सिरियामा इस्लामिक स्टेटमा भर्ना हुन पुगेका थिए । अधिकांश युरोपेली लडाकु युद्धमैदानमा मारिएको बताइएपनि अझै ८ सय भन्दा धेरै युरोपेली लडाकुहरु जीवितै रहेको बताइएको छ ।

यता युरोपमा भने इस्लामिक स्टेटका लडाकुलाई स्वदेश फिर्ता ल्याउन हुने वा नहुने विषयमा चर्को बहस छेडिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ५९ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,