प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ? « Khabarhub

प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ?


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सुन्य समयमा बोल्ने धेरै संसदहरुले बिकाश निर्माणको काममा निर्माण कम्पनीको लापरबाहीले काम हुन नसकेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको (सोमबार) बैठकमा सांसद उमा शंकर अरगरियाले हुलाकी सडकको धनुषा जिल्ला अन्तर्गतको सडक निर्माण गर्ने कम्पनीले गुणस्तरीय काम नगरेको र सडकमा धुलो उडाएर काम गर्दा जनजीवन नै कष्टकर बनेको भन्दै निर्माण कम्पनीलाई कारबाही गर्न माग गरे ।

यस्तै सांसद कृष्ण प्रसाद दाहालले बागमतीको पानी दुषित भइ जलचर बाच्न नसक्ने अवस्था आएकोले सबै भन्दा बढी दुषित गर्ने काठमाडौँ उपत्यकाबासीलाई बागमतीको पुनर्जीवनको लागि कर तिर्न पर्ने ब्यबस्था गर्न माग गरे ।

शुन्य समयमा सांसद गणेश पहाडीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राज नारायण पाठकको बारेमा के भएको हो सदनलाई जानकारी गराउन माग गरे ।

यस्तै सांसद गणेशसिं ठगुन्नाले दार्चुला जिल्लामा तुइन बिस्थापित गरि बनेका नयाँ पुलमा भारत सरकारको अबरोधले प्रयोग गर्न नसकिएको र बनिरहेका पूल पनि भारत सरकारले बनाउन रोकेकोले निर्माण कार्य सुचारु गराउन भारत सरकार सँग बार्ता गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरे ।

यस्तै सांसद घनश्याम खतिवडाले मोरंग जिल्लाका धेरै सडक ठेक्का लगेर पनि निर्माण कम्पनीले काम सुरु नगरेको भन्दै सरकारले निर्माण कम्पनीलाई ठेक्का लगाउने वा ठेक्का तोड्ने निर्णय लिन ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ४६ बजे

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको

दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै

काठमाडौं– नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन