प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ? | Khabarhub Khabarhub

प्रतिनिधि सभा बैठक : शून्य समयमा कसले के भने ?


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको सुन्य समयमा बोल्ने धेरै संसदहरुले बिकाश निर्माणको काममा निर्माण कम्पनीको लापरबाहीले काम हुन नसकेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको (सोमबार) बैठकमा सांसद उमा शंकर अरगरियाले हुलाकी सडकको धनुषा जिल्ला अन्तर्गतको सडक निर्माण गर्ने कम्पनीले गुणस्तरीय काम नगरेको र सडकमा धुलो उडाएर काम गर्दा जनजीवन नै कष्टकर बनेको भन्दै निर्माण कम्पनीलाई कारबाही गर्न माग गरे ।

यस्तै सांसद कृष्ण प्रसाद दाहालले बागमतीको पानी दुषित भइ जलचर बाच्न नसक्ने अवस्था आएकोले सबै भन्दा बढी दुषित गर्ने काठमाडौँ उपत्यकाबासीलाई बागमतीको पुनर्जीवनको लागि कर तिर्न पर्ने ब्यबस्था गर्न माग गरे ।

शुन्य समयमा सांसद गणेश पहाडीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राज नारायण पाठकको बारेमा के भएको हो सदनलाई जानकारी गराउन माग गरे ।

यस्तै सांसद गणेशसिं ठगुन्नाले दार्चुला जिल्लामा तुइन बिस्थापित गरि बनेका नयाँ पुलमा भारत सरकारको अबरोधले प्रयोग गर्न नसकिएको र बनिरहेका पूल पनि भारत सरकारले बनाउन रोकेकोले निर्माण कार्य सुचारु गराउन भारत सरकार सँग बार्ता गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरे ।

यस्तै सांसद घनश्याम खतिवडाले मोरंग जिल्लाका धेरै सडक ठेक्का लगेर पनि निर्माण कम्पनीले काम सुरु नगरेको भन्दै सरकारले निर्माण कम्पनीलाई ठेक्का लगाउने वा ठेक्का तोड्ने निर्णय लिन ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ४६ बजे

नेप्सेका नवनियुक्त सीईओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं : सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत

प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा

झापा: शिवसताक्षी नगरपालिका–१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले

कोल्ड स्टोर सञ्चालनमा नआउँदा बैतडीका किसान मर्कामा

दशरथचन्द– बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका

ले पेनमाथिको प्रतिबन्धले लाखौँ मानिसलाई अधिकारबाट वञ्चित गर्छ : इटालियन प्रधानमन्त्री

रोम- इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले मङ्गलबार फ्रान्सेली अति दक्षिणपन्थी नेता

मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

महेन्द्रनगर– मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भई