मुलुकमा नैराश्यता र वितृष्णा रहिरहनु गम्भीर चिन्ताको विषयः पूर्वराजा शाह « Khabarhub

मुलुकमा नैराश्यता र वितृष्णा रहिरहनु गम्भीर चिन्ताको विषयः पूर्वराजा शाह


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको बताएका छन् ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको  अवसरमा  शुभकामना  सन्देश जारी गर्दै उनले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भीर चिन्ताको विषय बनेको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन् –  ‘जनताको हित, सुरक्षा र विकासको मूलभुत साधन नै प्रजातन्त्र हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन ।’

उनले नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै परराष्ट्र तथा मैत्री सम्बन्धलाई शालीन र सौम्य कुटनीतिक व्यवस्थाद्वारा  सुमधुर बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ३१ बजे

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८

नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर– भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

अस्पताल भवन बन्यो, सञ्चालनमा आएन

म्याग्दी– शिरानमा ६ भिरालो जग्गामा गुजुमुज्ज परेको दोवागाउँ । गाउँको

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

हुम्ला– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ११ दिनमात्र बाँकी रहँदा हिमाली