मुलुकमा नैराश्यता र वितृष्णा रहिरहनु गम्भीर चिन्ताको विषयः पूर्वराजा शाह « Khabarhub

मुलुकमा नैराश्यता र वितृष्णा रहिरहनु गम्भीर चिन्ताको विषयः पूर्वराजा शाह


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बनिरहेको बताएका छन् ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको  अवसरमा  शुभकामना  सन्देश जारी गर्दै उनले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनु गम्भीर चिन्ताको विषय बनेको बताएका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन् –  ‘जनताको हित, सुरक्षा र विकासको मूलभुत साधन नै प्रजातन्त्र हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनुरुप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन ।’

उनले नेपालको भू–राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै परराष्ट्र तथा मैत्री सम्बन्धलाई शालीन र सौम्य कुटनीतिक व्यवस्थाद्वारा  सुमधुर बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ३१ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल