१५ लाख पर्यटक भित्र्याउने गण्डकी प्रदेश सरकारको लक्ष्य « Khabarhub

१५ लाख पर्यटक भित्र्याउने गण्डकी प्रदेश सरकारको लक्ष्य


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटक प्रदेशमा भित्र्याइने लक्ष्य रहेको मन्त्री विकास लम्सालले जानकारी दिए ।

संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने घोषणा गरिसकेको छ ।  सरोकार भएकाहरुसँग मस्यौदा कार्य योजनासम्बन्धी छलफलमा मन्त्री लम्सालका अनुसार संघीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमध्ये गण्डकी प्रदेशमा मात्र १४ वटा छन् । तीबाहेक पनि थुप्रै पर्यटकीय सम्भावना यस क्षेत्रमा छन् ।

संघीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्ना ठाउँबाट पहल र प्रचार प्रसार गर्नुपर्नेमा उनले जोड दिए  ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षबाट पर्यटन विकासमा टेवा पु¥याएर जीविकोपार्जन र आयआर्जनका अवसर वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे।

छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको प्रतीकचिह्न र नाराका विषयमा सरोकार भएकाहरुको धारणासहित आवश्यक सुझाव सङ्कलन गरिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ८ : ४६ बजे

तत्काल द्वन्द्व नरोकिने इरानको सङ्केत

तेहारान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’

ए डिभिजन लिग चैत ३० बाट सुरु हुने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन

छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो

काठमाडौं- नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले एकजना कार्यकर्ता रामबहादुर महरलाई

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि

सफलतापूर्वक निर्वाचन गराएकोमा चिनियाँ राजदूतले दिए नेपाल सरकारलाई धन्यवाद

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि  चिनियाँ राजदूत चाङ माओमिङले