रुख कटहरको औषधीय गुण– यस्ता छन् ७ फाइदा | Khabarhub Khabarhub

रुख कटहरको औषधीय गुण– यस्ता छन् ७ फाइदा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिले रुख कटरहर खाने सिजन हो । रुख कटहर काँचोमा तरकारी र पाकेपछि फलको रुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधिय गुणहरुले भरिपूर्ण छ ।

कटहरमा कार्वोहाइड्रेट र भिटामिन पाइन्छ । रुख कटहरलाई काँचो हुँदा तरकारीको रुपमा पनि खाने गरिन्छ । यस्तै रुख कटहर नपाक्दै अचार र पापड पनि बनाउन सकिन्छ ।

कटहरको नियमित सेवनले विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ ।

अल्सरको औषधि: कटहरको पातबाट बनेको धुलो अल्सरको उपचारमा निक्कै उपयोगी हुन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाएपछि पिँधेर चूर्ण तयार गरेर सेवन गर्दा अल्सरबाट बच्न सकिन्छ,

अनुहार र छालामा औषधि: कटहरको पातले छाला फुट्ने तथा छाला सम्बन्धि  रोग पनि ठीक पार्छ,

खाना पचाउन सहयोगीः पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा पाँचन प्रणालीमा सुधार आउँछ,

मधुमेहको औषधी: कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ,

जोर्नीको दुखाइमा औषधिः कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ.

घाँटीको रोग सञ्चोः कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस खस हुने समस्याबाट छुट्करा पाउन सकिन्छ,

कब्जियतको औषधिः कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट राहत मिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ५२ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको