तपाईंको ओठ कस्तो छ ? ओठको आकारबाट थाहा हुन्छ उसको भाग्य « Khabarhub

तपाईंको ओठ कस्तो छ ? ओठको आकारबाट थाहा हुन्छ उसको भाग्य


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शरीका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

हात, कान, खुट्टाका औंला, हस्त रेखा आदि हेरेर फलादेश गरिएझै मानिसहरुको ओठ हेरेर पनि उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ ।

दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ ।

दुबै ओठ मोटो – यस्तो व्यक्ति बढि बोल्ने हुन्छ । उसले अन्तरमनमा कुनैपनि रहस्य लुकाएर राख्न सक्दैन । खानपानमा विशेष रुचि राख्ने हुन्छ । साथै धेरै खाना खाने स्वभावको हुन्छ ।

दुबै ओठ पातलो – यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ ।

माथीको ओठ ठुलो – यस्तो व्यक्ति प्रभावशाली हुन्छ, स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन ।

तल्लो ओठ ठुलो – यस्ता व्यक्तिहरू अहंकारी वृत्तिका हुन्छन । यस्ता व्यक्ति आफ्नो कुरा मनाउनका लागी जे पनि गर्न सक्दछन । अरू मानिसहरूको दुःख सुनेर वा हेरेर आन्तरिक प्रसन्नताको अनुभव गर्दछन । यिनीहरू सहनशील हुँदैनन ।

रक्तिम ओठ– शौर्य, वीर्य र उत्साहको द्योतक हो यस्तो खालको ओठ । यस्ता स्त्री पुरूषमा काम लालसाको निकै फाइदा उठाउने गर्दछन । उनीहरू ऐश्वर्यशाली तथा धनवान पनि हुन्छन ।

कालो ओठ – यस्तो प्रकारको ओठ कपट तथा संघर्ष को प्रतीक मानिन्छ । यस्ता व्यक्ति मिथ्यावादी हुन्छन साथै सधै दुख भोगिरहन्छन ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ०१ बजे

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि