मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि | Khabarhub Khabarhub

मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ ।

विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने सङ्घका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगितामा कक्षा १० सम्मको माविस्तरीय छात्रछात्रा प्रतिष्पर्धा, कक्षा ११ र १२ स्तरीय छात्रछात्रा प्रतिष्पर्धा, स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजस्तरीय छात्रछात्रा प्रतिष्पर्धा र ४० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतिष्पर्धा समावेश गरिएको प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए ।

शर्माका अनुसार माविस्तरीय कक्षा १० सम्म छात्रछात्रातर्फको विजेताले रु १२ हजार तथा उपविजेताले सात हजार पुरस्कार प्राप्त गर्नेछन् भने कक्षा १२ सम्म तथा स्नातकतर्फको प्रतिष्पर्धाका विजेता छात्रछात्राले १५ हजार र उपविजेताले आठ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरा महानगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसले सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ४० बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न