इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यमको बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटेनह्यमको बराबरी


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी र टोटेनह्यमले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा सिटी र टोटेनहम दुवैले २-२ गोल गरे ।

सिटीको घरेलु मैदानमा भएको खेलमा उसैले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको २० औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै टोटेनह्यमका एरिक लामेलाले गोल गर्दै खेल १-१ को बरारबीमा ल्याए ।

३५ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै घरेलु टोली सिटीले पूनः खेलमा अग्रता लिएको थियो । पहिलो हाफमा २-१ को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप एक गोल खाँदा गोल गर्न भने सकेन् । ५६ औं मिनेटमा टोटेनहमका लुकास मौराले गोल गर्दै खेल २-२ को बरारबीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा सिटीकाआ ग्राबियल जिससले गरेको गोल रेफ्रीले मान्यता दिएनन् । यस बारबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा छ । टोटेनहमको पनि २ खेलबाट ४ अंक सहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना