लिभरपुललाई जिताउन माने र रोबर्टोको १-१ गोल « Khabarhub

लिभरपुललाई जिताउन माने र रोबर्टोको १-१ गोल


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई हराएको छ । शनिबारको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए । घरेलु टिमविरुद्ध लिभरपुलले खेलको ४५ औं मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काएपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् । लिभरपुलका गोलकिपर एड्रियनको गल्तीमा उनले गोल गरेका थिए ।

जितसंगै लिभरपुलले २ खेलबाट ६ अंक जोडेको छ । र, लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । दुई खेल सकिदा साउथह्याम्पटनले अंक जोड्न सकेको छैन ।

प्रिमियर लिग अन्तर्गत नै शनिबार भएको खेलमा एभर्टनले वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दा नर्विचले न्युकासललाई ३-१ ले हराएको छ । त्यस्तै बर्नेमाउथले एस्टन भिल्लालाई २-१ ले हराउँदा ब्राइटन र वेष्ट ह्यामले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी