कश्मीरका लागि भारतविरुद्ध अन्तिम गोली रहुन्जेलसम्म लड्छौंः पाकिस्तान « Khabarhub

कश्मीरका लागि भारतविरुद्ध अन्तिम गोली रहुन्जेलसम्म लड्छौंः पाकिस्तान


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले प्रशासित कश्मीरलाई विशेष दर्जा दिएर संवैधानिक मान्यता खारेज गरेको विषयमा छिमेकी मुलुक पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिँदै आएको छ ।

शनिबार पाकिस्तानले भारतविरुद्ध कडा चेतावनी दिँदै कश्मीरका लागि अन्तिम सेना र अन्तिम गोली रहुन्जेलसम्म लड्ने चेतावनी दिएको हो ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भने, ‘पाकिस्तानी प्रोफेसनल सेना भारत विरुद्ध लड्नको लागि तयारी अवस्थामा छन्, अन्य संघ–संस्थाहरु पनि कश्मीरका लागि लड्न तम्तयार छन् ।’

कश्मीरका लागि बनाइएको विशेष समितिको बैठकमा विदेशमन्त्री कुरैशीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

इन्टर सर्भिस पब्लिक रिलेशनका डाइरेक्टर जनरल मेजर आसिफ गफूरले भारतविरुद्ध अन्तिम सेना र अन्तिम गोली रहुन्जेल लड्ने बताएका छन् ।

जनरल गफूले भने, ‘भारत आजाद कश्मीरका विषयमा भुलेर आफ्नो कब्जा गरिएको कश्मीरको विषयमा कुरा गर्नु उचित हुन्छ । पाकिस्तान भारतीय दुस्साहसको जवाफ दिन तम्तयार छ ।’

कुरैशी ने कश्मीरमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अनौपचारिक बैठक ऐतिहासिक रहेको बताएका छन् । पाकिस्तानी विदेशमन्त्रीले भने सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले यस बैठकका विरोध गरेको छैनन् । यो पाकिस्तानका लागि उपलब्धिको विषय हो ।

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ९ : ०० बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले