पूर्वपश्चिम रेलमार्गको काम अर्को वर्ष शुरु हुने « Khabarhub

पूर्वपश्चिम रेलमार्गको काम अर्को वर्ष शुरु हुने


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुशासन तथा दिगो विकासको लक्ष्यलाई प्राथमिकतामा राख्न र विकासको गतिलाई तीव्रता दिन भन्दै मन्त्रालयगत कार्यसम्पादन सम्झौता गरेको छ । दिगो विकासका लक्ष्य निर्धारित समयमा नै हासिल गरी सन् २०३० भित्र देशलाई मध्यम आय भएको मुलुकका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप कार्य गर्न भन्दै सम्झौता गरिएको हो ।

यहीक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच १९ बुँदे सम्झौता भएको छ । जसमा पूर्व–पश्चिम रेलमार्ग चालू वर्षभित्रै निर्माण सुरुवात गर्ने उल्लेख छ । यस्तै मदन भण्डारी राजमार्ग तोकिएको समयमा नै निर्माण सम्पन्न गर्ने उल्लेख छ । हुम्ला र डोल्पालाई चालू वर्षभित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्ने पनि सम्झौतामा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा पानीजहाज सञ्चालनका लागि नीतिगत र कानुनी संरचना तयार पार्ने सम्झौतामा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ सम्म सबै स्थानीय तहलाई कालोपत्रे सञ्जालमा जोड्ने सम्झौतामा उल्लेख छ । यातायात प्राधिकरण गठनको कार्यलाई यसै वर्षभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । विधेयक संघीय संसद्मा विचाराधीन छ ।

निर्माणाधीन सडक आयोजना सम्पन्न, जीपीएस प्रविधिमा आधारित भई सवारी जाँच, सहरी क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि सब–वे, फ्लाइओभर निर्माण लगायतका विषयलाई सम्झौतामा उल्लेख गरिएको छ । चालू वर्षभित्रै सबै प्रदेशमा भेहिकल फिटनेस सेन्टर स्थापना पनि सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ९ : १२ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको