देश संघीयतामा गएसँगै यतिवेला तीन तहका सरकारहरुले काम गरिरहेका छन् । तीनै तहमा जनताको मत पाएका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ । तर पनि जनताले तीन तहको सरकारले सोचे अनुरुपको काम गर्न नसकिरहेको भन्दै आलोचना गरिरहेका छन् ।
यसै सन्दर्भमा हामीले धुलिखेल नगरपालिकाका मेयर, देशभरका २ सय ९३ नगरपालिकाहरुको छाता संस्था नेपाल नगरपालिकासंघका अध्यक्ष र नगरपालिकाहरुको अन्तर्राष्ट्रिय संघका उपाध्यक्ष समेत रहेका अशोक ब्यान्जुसँग कुराकानी गरेका छौं ।
विदेशका विभिन्न नगरपालिकाहरुले गरेको विकासलाई नजिकबाट नियालेका र ति योजनाहरुलाई नेपालमा पनि कार्यान्वयन गर्न सकिन्छ कि भन्ने अध्ययनमा लागेका ब्यान्जु केही दिन अघि चीनको शान्सी प्रान्तमा रहेको सियान नगरपालिका पुगेका थिए । सियानले छोटो अवधिमा गरेको विकासबारे सियानका मेयर लगायतसँग छलफल र विकासे योजना हेरेका मेयर ब्यान्जुलाई हामीले सोध्यौं सियानको विकासबाट के सिक्नु भयो ?
जवाफमा मेयरले भने– चीनको सियानले निकै छोटो अवधिमा अभूतपूर्व विकास गरेको छ । त्यसका लागि तयार गरिएका योजना र कार्यान्वयका पाटाहरुबारे नजिकबाट अध्ययन गर्ने मौका मिलेको छ । नेपालमा र विशेषगरि धुलिखेल नगरपालिकाले सियानबाट विकास निर्माण, योजना निर्माण र कार्यान्वयन बारे फाइदा लिन सक्ने छ ।
सियान नगरपालिकासँग केही विषयमा सम्झौता पनि भयो ?
मुख्य कुरा त हामीले दुई नगरपालिकाबीचको समबन्ध विकास गर्ने, आफ्ना अनुभवलाई साटासाट गर्ने र भ्रातृ सम्बन्ध विकास गरेर नगरपालिका नगरपालिकाबीचको समबन्धलाई सुमधुर बनाउने विषयमा कुराकानी गरेका छौं । सियानले धुलिखेल नगरपालिकाको विकासमा हातेमालो गर्ने भनेको छ भने छात्रवृति उपलव्ध गराउने कुरा, पर्यटन क्षेत्रको विकासका योजनामा मिलेर अघि बढ्ने कुरा भएको छ ।
चीनले विकास गर्ने क्रममा सहरीकरणका विषयमामा कसरी योजना तर्जुमा गरिरहेका छन् ? काम कसरी गरिरहेका छन् ? कसरी उपलव्धिहरुलाई प्राप्ति गरिरहेका छन् र ति उपलव्धिहरुलाई नेपालमा हाम्रा नगरपालिकामा कसरी अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा सियानका नगरपालिकाका मेयर लगायत अन्य अधिकारीहरुसँग छलफल भयो । यसले नेपालका नगरपालिकाहरुको विकासमा सहयोग पु¥याउने छ ।
नगरपालिका संघको अध्यक्ष र नगरपालिकाहरुको अन्तर्राष्ट्रिय संस्थाको उपाध्यक्षको हैसियतमा तपाई हुनुहुन्छ, त्यसले नेपालका नगरपालिकाहरुलाई के फाइदा पुगेको छ ?
पक्कै पनि नेपाल नयाँ संविधान प्राप्त गरिसकेपछि र संघीयतामा प्रवेश गरिसकेपछि सहरी अवधारणामा नयाँ आयाम थप्नुपर्छ । त्यसका लागि सहरी जनशक्ति सहरी विज्ञता, सहरी योजना र सहरी अर्थतन्त्रलाई हामीले मजवुद बनाउनु पर्छ । त्यो बनाउनका लागि हामीले संसारभरिका अनुभवहरुलाई सिक्न बुझ्न जरुरी छ ।
१७ वर्षपछि चुनाव भएको छ । पुनर्संरचना भएको छ । फरक फरक भुगोलहरु एक ठाउँमा आएका छन् । फरक फरक कर्मचारी एक ठाउँमा आएका छन् । त्यसैले कामका, योजनाका ढाँचा, कामका अवस्थाहरु सृजना गर्न अलिअलि गारो हुन्छ नै
संसारका सहरहरु कसरी समृद्ध भए ? आफ्ना आवश्यकताहरु पूर्ति गर्नका लागि उनीहरुले कस्ता योजना र कार्यक्रमहरु ल्याएका थिए भन्ने कुराको सिकाइलाई नेपालमा ल्याउने कुरा र नेपाललाई योजनावद्ध ढंगले सहरी विकास को अवधाररणलाई अघि बढाउन संयक्त राष्ट्र संघ लगायत विश्वका विकसित मुलुकहरु समेतले अवलम्बन गरेको सहरी विकासका आधारभूत चरित्रलाई हामीले आत्मसाथ गर्न जरुरी छ ।
किनभने नेपालमा केही पुराना सहरहरु छन् । केही नयाँ सहरहरु छन् । केही गाउँलाई पनि हामीले सहर भनेका छौं । त्यसैले सहरीकृत गर्नका लागि सहरी अवधारणाहरु प्रशासन र विकासको नयाँ गति पैदा गर्न अहिले विकास भइरहेको प्रविधि र स्मार्ट सिटीका कुराहरुलाई सहरमा अलवमबन गर्नका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिन सक्छौं ।
अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सञ्जालिकरण गर्ने कुरा उनीहरुसँग लिंकेज गर्ने कुरा उनीहरुसँगको कनेक्टिभिटिले अनुभवहरु आदन प्रदान गर्ने कुरा हुन्छ जसले गर्दा नगरपालिकाहरुले पनि अन्तर्राष्ट्रिय अनुभवहरुलाई हाम्रो स्वरुपमा रुपान्तरण गर्न सक्छौं ।
स्थानीय तहहरुले जनताको अपेक्षा अनुसार काम नगरेको आरोप छ नि ?
नेपालको केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेट तुलना हेर्ने हो भने अब ७३/७४ प्रतिशत बजेट स्थानीय सरकारले खर्च गरेको हिसावमा त काम भएको देखिन्छ । तर के भने कतिपय नगरपालिकाहरु नयाँ छन् उनीहरुसँग कर्मचारी छैनन् उनीहरुको केही कमिकमजोरी भयो होला तर तीन तहको सरकारको कुरा गर्ने हो भने स्थानीय सरकारहरु कमजोर छैन ।
समस्या चाँहि कहाँ देखियो त ?
१७ वर्षपछि चुनाव भएको छ । पुनर्संरचना भएको छ । फरक फरक भुगोलहरु एक ठाउँमा आएका छन् । फरक फरक कर्मचारी एक ठाउँमा आएका छन् । त्यसैले कामका, योजनाका ढाँचा, कामका अवस्थाहरु सृजना गर्न अलिअलि गारो हुन्छ नै । तर तुलनात्मक रुपमा म स्थानीय सरकारहरुले काम गरेन भन्ने पक्षमा म छैन ।
स्थानीय सरकार नै लोकतन्त्रको आधारभुत अभ्यास गर्ने तथा सेवा र विकाशको पहुच जनतासँग पुर्याउने सरकार हो । यसले गर्दा दिगो विकास र साझेदारिता बढ्न सक्छ ।
धुलिखेल नगरपालिका अहिले पर्यटन शिक्षा स्वास्थ्य कृषि र सहरी विकासको पूर्वाधारको कामलाई अघि बढाइरहेको छ । पहिलो प्राथमिकता भनेको आधारभूत आवश्यकता पूरा गर्ने कार्यक्रम अन्तर्गत एक घर एक धाराको काम अघि बढिरहेको छ
यस्तो दिगो साझेदारिताले जनतामा प्रभाव र सृजनात्मकता प्रारम्भ हुन्छ । यो सघीय र प्रदेश सरकारले बुझ्न र व्यवस्था गर्नसक्नु पर्छ । सन्तुलन कतै बिग्रने हो कि वा असन्तुलन हुने होकि भन्ने कुरा मा तीनै तहको सरकारमा सचेतना र सकारात्मकता देखिन जरुरी छ ।
नगरपालिका संघको अध्यक्ष भएका हिसावले समस्याहरु आइपर्दा समन्वय गरिरहनु भएको छ….
नेपाल नगरपालिका संघ र देशभरीका २९३ नगरपालिकाको लविङ, एड्भोकेसि गर्ने, उनीहरुको अन्तर्राष्ट्रिय सञ्जालिकरण गरिदिने उनीहरको समस्या समाधानका लागि नगरपालिका संघले नेटवर्किङ गरिदिने, एन नियम कानुन बनाउन सहयोग गर्ने, संघ र प्रदेशसरकारहरुसँग गर्नुपर्ने विभिन्न कामहरु एक्लै नगरपालिकाले गर्न नसक्ने खालका पनि हुन्छन् त्यसलाई सामुहिकरुपमा गर्न व्यवस्थापन गर्ने लगायतका काम गरिरहेको छ ।
अहिले धुलिखेल नगरिपालिकाले के काम गरिरहेको छ ?
धुलिखेल नगरपालिका अहिले पर्यटन शिक्षा स्वास्थ्य कृषि र सहरी विकासको पूर्वाधारको कामलाई अघि बढाइरहेको छ । पहिलो प्राथमिकता भनेको आधारभूत आवश्यकता पूरा गर्ने कार्यक्रम अन्तर्गत एक घर एक धाराको काम अघि बढिरहेको छ । कृषि उत्पादनमा वृद्धि गर्नका लागि कार्यक्रम अघि बढिरहेको छ ।
नेपालको एक मात्र पर्यटकीय सहर भनेर हामीले चिनाउन काहि सकिरहेका छैनौं । हरेक स्थल पर्यटकीय स्थल हुन्छ तर पर्यटकीय सहर हुँदैन । त्यसैले पर्यटकीय सहर बनाउनका लागि त्यसको अवधारणा सहित एउटा पर्यटन सम्मेलन गरेर पूर्वाधार, आवश्यकताहरु परिपूति गर्ने उदेश्यले काम गरिरहेका छौं ।
त्यस्तै नगरपालिकामा आर्थिक रुपमा नगरवासीहरु सम्पन्न बनाउन लागि गरीबी निवारणलाई प्राथमिकतामा राखेर मेयर गरीबी निवारण कोष र गरिबी निवारण कार्यक्रमहरु अघि बढाइराखेका छौं । यस अन्तर्गत हरेक गरिब जनताको पहिचान गर्ने उनीहरुको सीप शसक्तिकरण र पूजि निर्माणमा नगरपालिकाले सहयोग गर्ने गरि नगरपालिकाले काम गरिरहेको छ ।
प्रतिक्रिया