अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन– प्रधानमन्त्री ओली « Khabarhub

अर्को निर्वाचनपछि मलाई पनि पदमा बस्न मन छैन– प्रधानमन्त्री ओली


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

सरकारको उदारता र संयमतालाई हेरेर केही तत्वहरु बढी नै हौसिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संवैधानिक दायरमा अघि बढ्ने कुरामा यो सरकार प्रशन्नतापूर्वक आलोचना स्वीकार गर्छ । तर, सरकारको आलोचनाका लागि प्रतिगमन ल्याउँछु, प्रणाली उल्ट्याँछौं भन्ने कुरा यो सरकारलाई स्वीकार्य हुँदैन ।’

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको शासनविरोधी क्रियाकलाप नगर्न पनि चेतावनी दिए ।

‘एकजनाले प्रधानमन्त्री लगलग कामेका छन्, पद जानेभो भने रे,’ प्रधानमन्त्री ओलीले भने, ‘पद नगएको मानिस दुनियामा कोही देखेको छैन । राजा महाराजा, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ ।’

आगामी निर्वानपछि आफूलाई पनि पदमा बस्ने कुनै रहर नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।’

सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले अधिनायकवादतर्फ गयो भन्ने खालका कुरा नगर्न भन्दै विपक्षीहरुलाई सचेत गराए । सरकार अधिनायकवादी भएको भन्ने खालका कुरा गर्दा जनताले पनि नपत्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हनका लागि कानूनी राज तथा अशिक्षा र पछौटेपनाबाट अन्मुक्ति आवश्यक रहेको पनि बताए ।

‘हामीले सम्पन्नता हासिल गर्ने कुरामा, शान्ति सुरक्षा कायम गर्ने कुरामा, समानताका कुरामा, नागरिकले जीवनयापन गर्न पाउने अवस्था सिर्जना गर्न पाउने कुरामा ध्यान केन्द्रित गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ११ : ४७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको