मादक पदार्थ सेवन गरी सवारी चलाउने महिला बढे, ३ लाख ५ हजार चालक कारबाहीमा « Khabarhub

मादक पदार्थ सेवन गरी सवारी चलाउने महिला बढे, ३ लाख ५ हजार चालक कारबाहीमा



काठमाडौं– आठ वर्षअघिदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी हाँक्नेलाइ कारवाही प्रक्रिया अघि बढाइरहेको छ ।

चालकले मापसे सेवन गरी सवारी चलाउनेको संख्यामा कमी ल्याउनका लागि महाशाखाले ०६७ साल मंसिर महिनाबाट मापसे अभियान सञ्चालन थालेको थियो । अभियान सञ्चालन भएयता ३ लाख ५ हजार चालकहरु कारवाहीमा परेका छन् ।

अभियान थालेको ८ वर्ष बितिसक्दा पनि न त सवारी दुर्घटनामा कमी आएको छ न त मापसे सेवन गरी सवारी चलाउनेको संख्यामा नै ।
महाशाखाले दिएको जानकारीअनुसार मापसे गरी सवारी चलाउनेहरुको संख्या वर्षेनि बढ्दै गइरहेको छ ।

महाशाखाको तथ्यांक अनुसार पछिल्ला केही वर्षयता मापसे कारवाहीमा महिला चालकको संख्या पनि वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा मापसे कारवाहीमा ५८ जना महिला र ३२ हजार २ सय ३४ जना पुरुष कारवाहीमा परेका थिए । आर्थिक वष २०७५/७६ मा आइपुग्दा २ सय ७० जना महिला र ३२ हजार पुरुष कारवाहीमा परेका छन् । यसरी हेर्दा मापसे गरी सवारी हुँइक्याउने महिलाको संख्या बढिरहेको पाउन सकिन्छ ।

आर्थिक वर्ष २०६८/६९ देखि हालसम्म १ हजार ८ सय १७ जना महिला चालक र ३० लाख ३ हजार ९७ जना पुरुष चालक मापसे गरि सवारी चलाएका कारण कारवाही परेका छन् ।

त्यसैगरी महाशाखाले २०६९ साल मंसिर महिनाबाट मापसे गरी सवारी चलाउने चलाकको लाइसेन्समा प्वाल पार्ने व्यवस्था गरेको थियो ।
जसअन्तर्गत ट्राफिक प्रहरीले पाँच पटकभन्दा बढी मापसे कारवाहीमा पर्नेहरुको लाइसेन्स निलम्बन समेत गर्ने गरेको छ ।

६ वर्षभित्र ४ सय ३९ जना चालकको लाइसेन्स निलम्बव गरिएको छ भने १ लाख ९० हजार ६ सय ९० चालक कारवाही परेका छन् ।
मापसे सेवन गरी सवारी चलाउनेलाइ १ हजार जरिवानाका साथै उनीहरुका लागि अनिवार्य कक्षाको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ४१ बजे

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा