मादक पदार्थ सेवन गरी सवारी चलाउने महिला बढे, ३ लाख ५ हजार चालक कारबाहीमा « Khabarhub

मादक पदार्थ सेवन गरी सवारी चलाउने महिला बढे, ३ लाख ५ हजार चालक कारबाहीमा



काठमाडौं– आठ वर्षअघिदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी हाँक्नेलाइ कारवाही प्रक्रिया अघि बढाइरहेको छ ।

चालकले मापसे सेवन गरी सवारी चलाउनेको संख्यामा कमी ल्याउनका लागि महाशाखाले ०६७ साल मंसिर महिनाबाट मापसे अभियान सञ्चालन थालेको थियो । अभियान सञ्चालन भएयता ३ लाख ५ हजार चालकहरु कारवाहीमा परेका छन् ।

अभियान थालेको ८ वर्ष बितिसक्दा पनि न त सवारी दुर्घटनामा कमी आएको छ न त मापसे सेवन गरी सवारी चलाउनेको संख्यामा नै ।
महाशाखाले दिएको जानकारीअनुसार मापसे गरी सवारी चलाउनेहरुको संख्या वर्षेनि बढ्दै गइरहेको छ ।

महाशाखाको तथ्यांक अनुसार पछिल्ला केही वर्षयता मापसे कारवाहीमा महिला चालकको संख्या पनि वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा मापसे कारवाहीमा ५८ जना महिला र ३२ हजार २ सय ३४ जना पुरुष कारवाहीमा परेका थिए । आर्थिक वष २०७५/७६ मा आइपुग्दा २ सय ७० जना महिला र ३२ हजार पुरुष कारवाहीमा परेका छन् । यसरी हेर्दा मापसे गरी सवारी हुँइक्याउने महिलाको संख्या बढिरहेको पाउन सकिन्छ ।

आर्थिक वर्ष २०६८/६९ देखि हालसम्म १ हजार ८ सय १७ जना महिला चालक र ३० लाख ३ हजार ९७ जना पुरुष चालक मापसे गरि सवारी चलाएका कारण कारवाही परेका छन् ।

त्यसैगरी महाशाखाले २०६९ साल मंसिर महिनाबाट मापसे गरी सवारी चलाउने चलाकको लाइसेन्समा प्वाल पार्ने व्यवस्था गरेको थियो ।
जसअन्तर्गत ट्राफिक प्रहरीले पाँच पटकभन्दा बढी मापसे कारवाहीमा पर्नेहरुको लाइसेन्स निलम्बन समेत गर्ने गरेको छ ।

६ वर्षभित्र ४ सय ३९ जना चालकको लाइसेन्स निलम्बव गरिएको छ भने १ लाख ९० हजार ६ सय ९० चालक कारवाही परेका छन् ।
मापसे सेवन गरी सवारी चलाउनेलाइ १ हजार जरिवानाका साथै उनीहरुका लागि अनिवार्य कक्षाको व्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ४१ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु