अस्करका लागि नेपाली फिल्म छानिदै « Khabarhub

अस्करका लागि नेपाली फिल्म छानिदै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२० फेब्रुअरी ९ मा हुने ९२ ‌औं अस्कर अवार्डमा सहभागी हुन नेपाली फिल्ममेकरलाई पनि आवेदन आह्वान गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र समिति नेपालले अस्करका लागि फिल्म बुझाउन आह्वान गरेको हो ।

अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्म निर्माता तथा निर्देशकले आफ्नो फिल्म यही अगस्ट ३० अर्थात नेपाली मितिअनुसार यही भदौ १३ गते शुक्रबार दिउँसो २ बजेसम्म बुझाई सक्नुपर्ने छनोट समितिले जनाएको छ ।

प्रतिस्पर्धामा भाग लिन चाहने मेकरले वि.सं. २०७५ असोज १५ गतेदेखि २०७६ साल भदौ १३ गतेसम्म प्रदर्शनमा आएका फिल्म सहभागी गराउन सक्नेछन् ।

फिल्ममेकरले आफ्ना फिल्म अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल), काठमाडौंमा बुझाउन वा इमेल गर्न सकिनेछ ।

दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्ट कपीसमेत संलग्ग्न गर्नुपर्ने:

– निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा)

– अंग्रेजी भाषामा लेखिएको फिल्मको संक्षिप्त सारांश

– निर्देशकको फिल्मोग्राफी

– फिल्म प्रदर्शन गराउँदा उक्त फिल्म सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू

– सम्बन्धित फिल्मका ३ देखि ५ वटा स्थिर फोटाहरू

– निर्देशकको फोटो

– फिल्म रिलिज हुँदाको पोस्टर

– फिल्मको डिजिटल कपी

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  २ : १९ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल