भारतमा वर्षा र बाढीको ताण्डव « Khabarhub

भारतमा वर्षा र बाढीको ताण्डव


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको अधिकांश स्थानमा शनिबारदेखिको भारी वर्षा आइतबार पनि जारी छ । भारी वर्षासँगैको बाढी र पहिरोका कारण भारतभर सयौंको ज्यान गइसकेको छ ।

भारतको मौसम पूर्वानुमान विभागले हिमाचल प्रदेश, चण्डिगढ, गुजरात, हरियाणा, उत्तरप्रदेश, राजधानी दिल्ली, पञ्जाब, उडिशा, झारखण्ड, बिहार, छत्तिसगढ, तामिलनाडू, पोण्डिचेरी, पश्चिम बंगाल, उत्तराखण्डलगायतका अधिकांश स्थानमा आइतबार पनि भारी वर्षा हुने जनाएको छ ।

शनिबारको भारी वर्षाका कारण भारतका नदिनालाहरुको तीब्रता बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमाचल प्रदेशको मंडी जिल्लामा बाढीले ४ महिनाअघि निर्माण सम्पन्न गरिएको पुल भत्काएको छ भने उत्तरी भारतका ठाउँठाउँमा पहिरो गएको छ ।

बाढी र पहिरोका कारण उत्तरी भारतका पहाडी राज्यहरुमा सडक सञ्चार तथा विद्युत सेवा अवरुद्ध भएको छ । शनिबार उत्तरी राज्य जम्मू कश्मीरमा सरदर ८ इन्च वर्षा भएको थियो ।

त्यस्तै, पश्चिमी भारतका नदीहरुले पनि खतराको सीमा पार गरेका छन् । पञ्जावको सत्लज नदिको जलस्तर पनि धेरै नै बढेको बताइएको छ । राजस्थान र गुजरातमा पनि भारी वर्षाका कारण डुबानमा परेका छन् ।

त्यस्तै, दक्षिण भारतमा पनि बाढीको स्तर उच्च छ । आन्ध्र प्रदेशका कृष्णा नदीको वहाव बढेका कारण त्यस क्षेत्रका धेरै गाउँहरु डुबानमा परेको र कैयौं गाउँहरु खाली गराइएको छ ।

यो वर्षको मनसुनमा भारतमा अहिलेसम्म २ सय ६९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ३८ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा