मंगलवारदेखि न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने, वर्षाको सम्भावना « Khabarhub

मंगलवारदेखि न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने, वर्षाको सम्भावना


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा अपरान्हपछि मेघगर्जन र चट्ययङसहित हल्का तथा मध्यम वर्षा भइरहेको उनको भनाइ थियो ।

न्यून चापीय रेखा वर्षा गराउने वायु जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन् । आगामी मङ्गलबारदेखि देशको पश्चिमी भागबाट न्यून चापीय प्रणाली विस्तारै नेपालतिर प्रवेश गर्न शुरु गर्ने भएकाले सो दिनदेखि नेपालमा मनसुनी गतिविधि पुनःसक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका आधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि देशका धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ भने मङ्गलबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी क्षेत्रका अधिकांश स्थानमा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गदैँ देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ । साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो भू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले पहाडी भू–भागमा यात्रा गर्दा सचेत रहन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ४५ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही