शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश « Khabarhub

शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले फिल्म निर्माता तथा निर्देशक छबिराज ओझाकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनको आदेशविरुद्ध निशेषाज्ञाको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पोखरेललाई तत्कालन पक्राउ नगर्न प्रहरीका नाममा आदेश जारी गरेको हो ।

छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतको अनुमतिमा छबि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले जारी गरेको पूर्जी खारेजीको माग गर्दै शिल्पाले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेकी थिइन् । तर, उच्च अदालत पाटनले भने शिल्पाको माग बमोजिम पक्राउ पूर्जी खारेज गर्ने आदेश जारी गरेन ।

उच्च अदालत पाटनले निषेधाज्ञा दिन अस्वीकार गरेपछि शिल्पाले २९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

शिल्पाका तर्फबाट दायर गरेको निषेधाज्ञाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश राणाको इजलाशले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

यससम्बन्धमा थप छलफल गर्न दुवै पक्षलाई भदौ १५ गते उपस्थित हुन भनिएको सर्वोच्च स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ४८ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण