चीनको धम्कीका बावजुद हङकङमा प्ररदर्शन जारी, दशौं हजार प्रदर्शनकारी भेला « Khabarhub

चीनको धम्कीका बावजुद हङकङमा प्ररदर्शन जारी, दशौं हजार प्रदर्शनकारी भेला


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– चीन सरकारको एकपछि अर्को धम्की र चेतावनीका बावजुद हङ्कङमा आइतबार पनि दशौं हजार लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

भारी वर्षाको परवह नगरी प्रदर्शनकारी प्रदर्शनका लागि भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका लागि दशौं हजार प्रदर्शनकारी हङ्कङको भिक्टोरिया पार्कमा भेला भएका छन् । विगत १० सातायता जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा आइतबारको प्रदर्शन भने शान्तिपूर्ण रुपमा सफल बनाउन प्रदर्शनको आयोजना गरेको हङ्कङ्को सिभिल राइट्स ह्युमन फ्रन्ट नामक समूहले आह्वान गरेको छ ।

यता चीनले भने प्रदर्शनलाई आतंकवादी गतिविधिको संज्ञा दिँदै प्रदर्शन चर्किंदै गएको खण्डमा चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । चीनले प्रदर्शनकारीलाई डर देखाउन हङ्कङको सीमाक्षेत्रमा सैनिक अभ्यास पनि गर्दै आएको छ ।

विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन हाल भने अधिक स्वतन्त्रता, मानव अधिकार तथा लोकतन्त्रको माग राख्दै जारी छ ।

गत सातामात्र प्रदर्शनकारीले त्यहाँको विमानस्थल कब्जा गरेपछि सयौं उडान तथा अवतरण अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : १६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा