काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ « Khabarhub

काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर एसएसपी सुवेदीलाई फेसबूकमार्फत गाली गरेको आरोपमा अछाम घर भएका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अछाम घर भएका रिदम बिसी भनिने शंकर बिक छन् । जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बिकमाथि थप अनुसन्धानका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले शंकरलाई पक्राउ गरिएको बताए ।

‘जिल्ला प्रहरी कार्यालय अछामलाई पक्राउका लागि पत्र पठाइएको थियो । पक्राउ गरेर अहिले काठमाडौं ल्याइँदै छ,’ बोगटीले भने ।

शंकरले रवि लामिछाने पक्राउको विषयमा आक्रोश पोख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुवेदीको तस्वीर राख्दै गालीगलौच गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शंकरले आफू गायक भएको बताएका छन् । उनले आफू लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति अछामको कार्यसमिति सदस्य भएको समेत बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ४९ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण