भाग्यमानी खसी ब्यापारी : तीनवटा खसीको दाम ३५ लाख पाए « Khabarhub

भाग्यमानी खसी ब्यापारी : तीनवटा खसीको दाम ३५ लाख पाए


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुन्दा अनौठो लाग्ने यो घटना भने नेपालको होइन, छिमेकी राष्ट्र भारतमा तीन वटा खसीको मूल्य ३५ लाख परेको हो ।

भारतको लखनउका खसी पालक तथा ब्यापारी अब्दुल करीमले बकरइदको अवसरमा बेचेका तीन वटा खसीको मूल्य ३५ लाख पाएका हुन् । अब्दुलका तीन खसीमध्ये भोपालका एक व्यवसायीले जोडी खसीलाई २४ लाख मूल्य दिएर खरिद गरेका थिए भने अर्का ग्राहकले ११ लाख २० हजार दिएका थिए ।

खसीको मूल्य लाखौं पर्नुको पछाडी ति खसीको प्रजाति हो । तीनवटै खसी सोजल प्रजातिका हुन् । विदेशी सोजल जातका खसीको मासु निकै राम्रो मानिन्छ । सोजल प्रजातिका बाख्रीले भने कम दूध दिन्छन् ।

खसी पालक अब्दुलका अनुसार १८ महिना अघि ७० हजारमा पाठा किनेर तिनलाई पाल्दै आएका थिए । अब्दुलले खसीलाई दैनिक गहु“, जौ, चना, मटरलगायतका दाना मिसाएर ख्वाउने गरेका थिए । खसीलाई खुवाउने दानाको विषयमा उनले नियमित पशु चिकित्सकको सल्लाहअनुसार डाइट मिलाएर खुवाउने गरेका थिए । त्यति, मात्र होइन खसीको विशेष ‘रौं’को समेत अलग्गै ट्रिमिंग गरिन्थ्यो ।

अब्दुलले ति खसी किन्दा १७/१८ किलो मात्र रहेकोमा बिक्री गर्ने बेलासम्ममा २१० देखि २२० किलोसम्मका थिए । अझ रोचक कुरा त के छ भने तीनवटा खसीको स्याहारका लागि अब्दुलले ३ जना कामदार राखेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : २४ बजे

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।