पूर्व राजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ « Khabarhub

पूर्व राजदूत झा हत्या प्रकरणमा सुरक्षागार्ड तामाङ पुनः पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा अनुसन्धानका लागि सुरक्षागार्ड कान्छाराज तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

उनलाई काभ्रेको खोपासीबाट पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो ।

उनको हत्या भएपछि अनुसन्धानका लागि प्रहरीले सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई पक्राउ गरेको थियो । सो अनुसन्धानका क्रममा कुनै प्रमाण फेला नपरेपछि उनीहरुलाई छाडिएको थियो ।

तर, तामाङविरुद्ध झा पत्नीले काठमाडौं प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीले तामाङलाई पुनः पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ३३ बजे

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै