के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईपछि किन शरीर चिलाउँछ ? « Khabarhub

के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईपछि किन शरीर चिलाउँछ ?


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी र बर्खाको समयमा लामखुट्टको प्रकोप बढ्दछ । यस मौसममा डेंगू, मलेरिया, चिकनगुनिया जस्ता रोग फैलने खतरा हुन्छ । यि रोग फैलाउन लामखुट्टेको टोकाई नै सबैभन्दा प्रमुख कारण हो ।

अझ लामखुट्टेले तपाईंको शरीरको रगत चुस्दा असहनीय दुखाई र टोकेको स्थानमा चिलाउने गर्दछ । तर के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाइले किन हाम्रो शरीरमा चिलाउँछ ? यस्तो के कारण लामखुट्टको टोकाईपछि शरीर चिलाउँछ ?

शरीरमा रगत चुस्ने भाले लामखुट्टे नगन्य मात्रामा हुन्छन् । रगत चुस्ने लामखुट्टे पोथी मात्र हुन्छन् । पोथी लामखुट्टेहरु रगत चुस्दा कपाल जत्रो आकारको सुँडले शरीरमा घोच्ने गर्दछन् । शरीरबाट रगत निस्कदै गर्दा रगत जमेर ढिक्का बन्दछ । जसलाई सुँडले तान्न असहज भएपछि पोथी लामखुट्टे मानव शरीरमा एक विशेष प्रकारको विषालु रसायन उत्पादन गरी छालामा छोड्छन् । जो मानव शरीरमा पुग्नासाथ मानिसलाई चिलाउँन थाल्दछ ।

यसरी कुनै पोथी लामखुट्टेले शरीरबाट रगत चुस्दै गर्दा आफ्नो सुँडको माध्यमले आफ्नो थुकमा विषालु रसायल पैदा गरेर शरीरमा मिलाउँदा जमेको रगत पुन: पातलो भई सुँडले तान्न सहज हुन्छ ।

लामखुट्टको थुकमा जमेको पदार्थलाई पातलो बनाउने तत्वका साथै धेरै प्रकारका प्रोटिन समावेश हुन्छन् । जसलाई लामखुट्टेले आफ्नो सुँडबाट रगत चुस्दै गरेको मानिसको शरीरमा प्रवेश गराउनासाथ त्यसको साइड इफ्केटबाट बच्न हाम्रो शरीरको रोगप्रतिरोधक क्षमता सक्रिय हुन्छ । रोगप्रतिरोधक क्षमताले हिस्टामिन नामको एउटा कम्पाउन्ड सक्रिय गराएर हाम्रो सेता रक्तकोषलाई प्रभावित क्षेत्रमा पुर्याउछ र शरीरमा प्रवेश गरेको तत्वसँग लड्न मद्दत गर्छ ।

हिस्टामिन नामको सोही कम्पाउन्ड र लामखुट्टेले पैदा गरेको रसायनका कारण शरीर चिलाउँछ । लामखुट्टले टोकेको शरीरको भाग निकै संवेदनशील हुन्छ । जहाँ हामीले कन्याउन थालेपछि रसायन र हिस्टामिन फैलिएर झन्झन् चिलाउँन थाल्दछ । यसरी लगातार एकै स्थानमा कन्याउँदा चिलाएको स्थानको छालामा इंफेक्शन हुने खतरा हुन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०२ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत