के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईपछि किन शरीर चिलाउँछ ? | Khabarhub Khabarhub

के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाईपछि किन शरीर चिलाउँछ ?


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी र बर्खाको समयमा लामखुट्टको प्रकोप बढ्दछ । यस मौसममा डेंगू, मलेरिया, चिकनगुनिया जस्ता रोग फैलने खतरा हुन्छ । यि रोग फैलाउन लामखुट्टेको टोकाई नै सबैभन्दा प्रमुख कारण हो ।

अझ लामखुट्टेले तपाईंको शरीरको रगत चुस्दा असहनीय दुखाई र टोकेको स्थानमा चिलाउने गर्दछ । तर के तपाईंलाई थाहा छ ? लामखुट्टेको टोकाइले किन हाम्रो शरीरमा चिलाउँछ ? यस्तो के कारण लामखुट्टको टोकाईपछि शरीर चिलाउँछ ?

शरीरमा रगत चुस्ने भाले लामखुट्टे नगन्य मात्रामा हुन्छन् । रगत चुस्ने लामखुट्टे पोथी मात्र हुन्छन् । पोथी लामखुट्टेहरु रगत चुस्दा कपाल जत्रो आकारको सुँडले शरीरमा घोच्ने गर्दछन् । शरीरबाट रगत निस्कदै गर्दा रगत जमेर ढिक्का बन्दछ । जसलाई सुँडले तान्न असहज भएपछि पोथी लामखुट्टे मानव शरीरमा एक विशेष प्रकारको विषालु रसायन उत्पादन गरी छालामा छोड्छन् । जो मानव शरीरमा पुग्नासाथ मानिसलाई चिलाउँन थाल्दछ ।

यसरी कुनै पोथी लामखुट्टेले शरीरबाट रगत चुस्दै गर्दा आफ्नो सुँडको माध्यमले आफ्नो थुकमा विषालु रसायल पैदा गरेर शरीरमा मिलाउँदा जमेको रगत पुन: पातलो भई सुँडले तान्न सहज हुन्छ ।

लामखुट्टको थुकमा जमेको पदार्थलाई पातलो बनाउने तत्वका साथै धेरै प्रकारका प्रोटिन समावेश हुन्छन् । जसलाई लामखुट्टेले आफ्नो सुँडबाट रगत चुस्दै गरेको मानिसको शरीरमा प्रवेश गराउनासाथ त्यसको साइड इफ्केटबाट बच्न हाम्रो शरीरको रोगप्रतिरोधक क्षमता सक्रिय हुन्छ । रोगप्रतिरोधक क्षमताले हिस्टामिन नामको एउटा कम्पाउन्ड सक्रिय गराएर हाम्रो सेता रक्तकोषलाई प्रभावित क्षेत्रमा पुर्याउछ र शरीरमा प्रवेश गरेको तत्वसँग लड्न मद्दत गर्छ ।

हिस्टामिन नामको सोही कम्पाउन्ड र लामखुट्टेले पैदा गरेको रसायनका कारण शरीर चिलाउँछ । लामखुट्टले टोकेको शरीरको भाग निकै संवेदनशील हुन्छ । जहाँ हामीले कन्याउन थालेपछि रसायन र हिस्टामिन फैलिएर झन्झन् चिलाउँन थाल्दछ । यसरी लगातार एकै स्थानमा कन्याउँदा चिलाएको स्थानको छालामा इंफेक्शन हुने खतरा हुन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०२ बजे

लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून,

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुने

काठमाडौँ – अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्‌

तातोपानी र रसुवागढी नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खोलियो

काठमाडौं– चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी

प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार जाँदै भारतीय राजदूत

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री सुशीला

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति