अर्जेन्टिनाका वित्तमन्त्रीले दिए राजीनामा, सरकारप्रतिको जनविश्वास ओरालो लाग्दै « Khabarhub

अर्जेन्टिनाका वित्तमन्त्रीले दिए राजीनामा, सरकारप्रतिको जनविश्वास ओरालो लाग्दै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्यूनस आयर्स– राष्ट्रपति मौरिसियो माक्रीको सरकारप्रति जनताको विश्वास गुम्दै गएका बेला अर्जेन्टिनाका वित्तमन्त्री निकोलस दुहोब्नेले राजीनामा दिएका छन् । उनले राष्ट्रपति माक्रीलाई पत्र लेख्दै आफू पदमा नरहने जनाएका हुन् ।

अघिल्लो साता भएको राष्ट्रपतीय प्राइमरीमा राष्ट्रपति माक्री विपक्षी उम्मेद्वार अल्बेर्तो फर्नाण्डेजसँग पराजित भएपछि माक्री नेतृत्वको सरकारप्रति जनताको विश्वास गुम्दै गएको देखिएको थियो । माक्रीले ३२.१ प्रतिशत मत ल्याएका थिए भने विपक्षी उम्मेद्वार फर्नाण्डेजले ४७.७ प्रतिशत मत ल्याएका थिए । आगामी अक्टोबर २७ मा हुने निर्वाचनमा पनि यस्तै नतिजा आएमा माक्री अर्को कार्यकालका लागि राष्ट्रपति बन्न पाउने छैनन् ।

नतिजापछि अर्जेन्टिनाको मुद्राको मूल्य २० प्रतिशत खस्किन पुगेको थियो । यससँगै राष्ट्रपति माक्रीले अर्थतन्त्रमा व्यापक सुधारको घोषणा गर्दै आयकर कटौती, इन्धनको मूल्य समायोजन तथा लोककल्याणकारी अनुदानको नयाँ घोषणा गरेका थिए ।

राजीनामा पत्रमा वित्तमन्त्री दुहोब्नेले सरकारको आर्थिक टिममा व्यापक परिवर्तन हुनुपर्ने आवश्यकता रहेको र आफ्नो राजीनामाले त्यसका लागि बाटो खोल्ने उल्लेख गरेका छन् । माक्रीले वित्तमन्त्री दुहोब्नेलाई बर्खास्त गर्ने हल्ला यसअघि पनि चलेको थियो । अब दुहोब्नेको स्थानमा ब्यूनोस आयर्स प्रान्तका वित्तमन्त्री हर्नान लाकुन्जा अर्थमन्त्री बन्नेछन् ।

नवउदारवादी आर्थिक नीतिका साथ सन् २०१५ मा भएको निर्वाचनमा विजयी भएका माक्रीले मुलुकमा आर्थिक असमानतालाई सम्बोधन गर्न नसकेको भन्दै व्यापक आलोचना हुने गरेको छ । अझै पनि अर्जेन्टिनाको एक तीहाई जनसङ्ख्या गरिबीको रेखामुनी छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०९ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान