नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार हुँदै « Khabarhub

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार हुँदै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक यही भदौ ४ र ५ गते काठमाडौंमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मन्त्री एस जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुईपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै सम्पर्क सञ्जाल विस्तार, आर्थिक साझेदारी, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत पारस्परिक सहयोगका विविध क्षेत्र र आपसी चासोका अन्य विषयमा विचार विमर्श हुनेछ ।

सन् १९८७ मा नेपाल–भारत संयुक्त आयोग स्थापना भएको हो । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । यसअघि सन् २०१६ को अक्टोबरमा नयाँदिल्लीमा आयोगको चौथो बैठक भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा भारतका विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री जयशङ्करको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गर्नेछन् ।

भारतका विदेश मन्त्री जयशङ्कर भदौ ४ गते काठमाडौँ आउने र भदौ ५ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यतालिका बनेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ०० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको