इन्द्रजात्रा समापन, राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण | Khabarhub Khabarhub

इन्द्रजात्रा समापन, राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व समापन भएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ठड्याइएको लिङ्गो बुधबार बिहान शुभ साइतमै ढालेसँगै जात्रा समापन भएको हो ।

यस अघि मंगरबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवीका रुपमा मानिने कुमारीबाट टीका ग्रहण गरेकी थिइन् । मंगलबार राति इन्द्रजात्राको समापन (भाद्र शुक्ल चतुर्दशी) को दिन उनले कुमारीको हातबाट टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गरेकी राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिए ।

हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ ।

इन्द्रजात्राको रथयात्रा नगरको विभिन्न ठाउँमा घुमाएर हुनमानढोकास्थित कुमारी घरमा पुगेपछि राष्ट्रपति भण्डारीलाई कुमारीले टीका लगाइदिएकी थिइन् । टीका ग्रहण गरेपछि कुमारीका गुरुजु बज्राचार्यबाट राष्ट्रपति भण्डारीले आगमको प्रसाद ग्रहण गरेकी थिइन् ।

इन्द्रजात्राको अन्तिम दिन मंगलबार कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ साढे ६ बजे हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो । उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भेँडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो । हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर कुमारी घरमा लगेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ४७ बजे

पाकिस्तानी हवाई आक्रमणमा २३ जनाको मृत्यु

एजेन्सी– पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार

दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर

काठमाडौँ- निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको

अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा ३७ हजार २६

डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख घुससहित पक्राउ

दैलेख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर

हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू)

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई महिनादेखि अवरुद्ध