जय गुरुङ यू-१८ खेल्ने नेपाली टोलीको कप्तान « Khabarhub

जय गुरुङ यू-१८ खेल्ने नेपाली टोलीको कप्तान


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू–१८ साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको नेतृत्व जय गुरुङले गर्ने भएका छन् । उपकप्तानको जिम्मा नितिन थापाले पाएका छन् ।

दुवै राम्रा खेलाडी भएपनि प्रशिक्षक टोलीले उनीहरुको क्षमतालाई हेरेर जयलाई कप्तानको जिम्मेवारी दिँदा नितिनलाई उपकप्तान बनाइएको हो ।

उपकप्तान नितिन थापा

प्रतियोगिता शुक्रबारदेखि शुरु हुनेछ । सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्स विरुद्ध खेल्नेछ ।

यो प्रतियोगिताका लागि मंगलबार मात्रै २३ जनाको टीम घोषणा गरिएको थियो । असोज ३ गतेबाट १२ गतेसम्म हुने खेलमा नेपाल जीतको लक्ष्यसहित मैदानमा उत्रने मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए ।

यस्तो छ नेपाली टोली

नेपाली टोलीमा गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् ।

यस्तै, मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् भने स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् ।

नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ३२ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको