जय गुरुङ यू-१८ खेल्ने नेपाली टोलीको कप्तान « Khabarhub

जय गुरुङ यू-१८ खेल्ने नेपाली टोलीको कप्तान


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यू–१८ साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको नेतृत्व जय गुरुङले गर्ने भएका छन् । उपकप्तानको जिम्मा नितिन थापाले पाएका छन् ।

दुवै राम्रा खेलाडी भएपनि प्रशिक्षक टोलीले उनीहरुको क्षमतालाई हेरेर जयलाई कप्तानको जिम्मेवारी दिँदा नितिनलाई उपकप्तान बनाइएको हो ।

उपकप्तान नितिन थापा

प्रतियोगिता शुक्रबारदेखि शुरु हुनेछ । सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्स विरुद्ध खेल्नेछ ।

यो प्रतियोगिताका लागि मंगलबार मात्रै २३ जनाको टीम घोषणा गरिएको थियो । असोज ३ गतेबाट १२ गतेसम्म हुने खेलमा नेपाल जीतको लक्ष्यसहित मैदानमा उत्रने मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताए ।

यस्तो छ नेपाली टोली

नेपाली टोलीमा गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् ।

यस्तै, मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् भने स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् ।

नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै