महिलाले मात्र प्रवेश पाउने यो अनौठो टापु « Khabarhub

महिलाले मात्र प्रवेश पाउने यो अनौठो टापु


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्रायः सार्वजनिक स्थानमा महिला वा पुरुषलाई जान रोक लगाइँदैन । कुनै टापु वा रिसोर्टमा त झन महिला वा पुरुष दुबै सहजै जान सक्छन् ।

तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ पुरुषलाई जान प्रतिबन्ध लगाइएको छ । त्यहाँ महिलाले मात्र प्रवेशको अनुमति पाउछन् ।

फिनल्याण्डको बाल्टिक समुन्द्रमा रहेको सुपर सी नामक टापुमा मात्र महिलालाई जान अनुमति छ । ८ दशमलब ४७ एकड क्षेत्रफलमा फैलिएको सुपर सी टापु यही बर्ष सर्वसाधारणका लागि खुल्ला हुने भएको छ ।

अमेरिकाकी क्रिस्टिना रोथ नामक एक धनाढ्य महिलाले किनेको उक्त टापु महिलाका लागि आरामसंग छुट्टी मनाउन स्थानका रुपमा खोलिएको हो ।

क्रिस्टिनाका अनुसार उक्त टापुमा महिलालाई पुरुषबाट कुनै समस्या हुने छैन, त्यो हरेक महिलाको स्वप्निल स्थानका रुपमा विकशित हुनेछ । उक्त टापुमा महिलाहरुले शारीरीक तन्दुरुस्ति लगायत खानेकुरा तथा अन्य सबै सुविधा पाउनेछन् ।

सुपर सी टापुमा बन्ने रिर्सोटका ४ वटा क्याबिनमा १० जना महिलाले आरामसंग बस्न पाउनेछन् । तर उक्त रिसोर्टमा पैसा तिरेको भरमा मात्र कोठा भने पाइँदैन । त्यसका लागि अन्र्तवार्ता पनि दिनुपर्नेछ । अन्र्तवातामा पास भएका महिलामात्रा त्यहाँ जान पाउँछन् ।

महिलालाई मात्र टापु प्रवेशमा अनुमति दिएर पुरुषलाई रोक लगाउनुको पछाडि कुनै विशेष कारण भने छैन । क्रिस्टिनाका अनुसार आगामि दिनमा पुरुषहरुका लागि मात्र पनि एक टापु किन्ने सोचमा आफू रहेको बताएकी छिन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : २२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल