पदम कुमारी हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ « Khabarhub

पदम कुमारी हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नुवाकोटको तत्कालीन ककनी गाविस–७ (हाल ककगनी गाउँपालिका–५) सिम्लेमा एक ७० वर्षीय महिलाको हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

सिम्लेकी ७० वर्षीया पदम कुमारी गुरुङको हत्यामा संलग्न भएको आरोपमा सोही गाउँका भरत सुनार (हाल ५९ वर्षीय) पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भरतलाई चितवनबाट पक्राउ गरेको हो ।

२० माघ २०५९ मा सिम्लेकै लालबहादुर तामाङका छोराको छेवर (तामाङ समुदायमा छोराको चूडाकर्म संस्कार) थियो । छेवरपछि आयोजित नाचगानका क्रममा पदम कुमारी र भरतबीच सामान्य विवाद भएको थियो ।

छेवरपछिको नाचगान सकिएपछि घर हिँडेकी पदम कुमारीको दोस्रो दिन (माघ २१ गते) लालबहादुरकै मकै बारीमा स्थानीयहरुले निवस्त्र अवस्थामा शव फेला पारेका थिए ।

प्रहरीका अनुसार पदम कुमारीको शवसँगै खैरो रंगको छालाको पेटी (पुरुषले लगाउने) तथा हातमा लगाउने नाडी घडी समेत फेला परेको थियो । अनुसन्धानका क्रममा उक्त पेटी र घडी भरतको भएको फेला प¥यो ।

तर, भरत भने घटना भएकै रातिदेखि फरार थिए । लामो समय भारतमा रहेका भरत पछिल्लो समय चितवनमा रहेको सूचनाका आधारमा परिचालन भएको सीआईबीको टोलीले उनलाई मंगलबार (भदौ ३१ गते) पक्राउ गरेको हो ।

पक्राउ परेका भरतलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटको जिम्मा लगाइएको सीआईबीका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ०९ बजे

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद

काठमाडौं- नेकपा एमालेमा दशौँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य