नेकपा प्रदेश दुईमा विवाद– प्रचण्ड विरुद्ध मातृकाको विद्रोह ? | Khabarhub Khabarhub

नेकपा प्रदेश दुईमा विवाद– प्रचण्ड विरुद्ध मातृकाको विद्रोह ?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–पार्टी एकतापछि प्रदेश नम्बर दुईमा सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रदेश र जिल्ला कमिटीहरुको सपथमा देखिएको विवाद र झडपपछि एक पक्षले शीर्ष नेतृत्वमाथि नै कारवाहीको सिफारिस गरेको छ भने अर्को पक्षले पार्टीका प्रदेश प्रमुख लगायतलाई कारवाहीको सिफारिस नै गरेको छ ।

नेता माधव नेपाल र मातृका यादव समूह प्रदेश नम्बर दुईमा एक ठाउँमा देखिएका छन् । प्रचण्डका दुई विश्वासपात्र मातृका र प्रदेश दुईका नेकपाका अध्यक्ष समेत रहेका प्रभु साहबीच नै टकरावको अवस्था बनेपछि मधेसमा नेकपाभित्रको विवादले उग्र रुप लिएको छ ।

केन्द्रमा प्रचण्ड खेमामा रहेका मातृका दुई नम्बर प्रदेशको हकमा भने नेता नेपालसँग नजिकिएका छन् ।

पछिल्लो समय नेकपाको आन्तरिक राजनीतिमा ओली प्रचण्ड एकता र माधव नेपाल एक्लिएको समीकरण बनिरहेको देखिएको थियो । तर प्रदेश दुईमा भने प्रचण्डका एक विश्वासपात्र मातृकाले अघोषित रुपमा प्रचण्डसंग विद्रोह गरेका छन् ।

प्रचण्डसँग निकट रहेका मधेसका दुई नेता मातृका र प्रभुबीचको टकरावले मात्र प्रदेशमा विवाद उत्पन्न नभइ प्रचण्डसँगको असमझदारीमा मातृका नेता नेपाल पक्षमा लागेका छन् ।

पछिल्लो समय नेकपाको प्रदेश नम्बर २ केन्द्रीत राजनीतिमा उत्पन्न अन्तरविरोधका कारण केन्द्रीय समीकरण पनि प्रभावित बनेको छ।

प्रचण्ड हाल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक छन् तर बर्दिबास घटनालाई प्रचण्डका विश्वासपात्र मातृका यादवले माधव नेपाललाई  साथ दिएपछि भने मातृका– प्रचण्डसँगको सम्बन्धमा दरार उत्पन्न भएको आकलन गरिएको ।

नेकपामा भइरहेको गतिविधिले माधव प्रचण्ड सम्बन्ध अझै कायम रहेको र अध्यक्ष ओलीविरुद्ध माधव नेपालको गतिविधिमा प्रचण्ड पनि सामेल रहेको देखिएको प्रदेश नम्बर दुईका नेकपाका एक नेताले बताए ।

बर्दिबास घटनालाई लिएर माधव नेपाल गुटले पार्टीमा बुझाएको ज्ञापनपत्रमा मातृका समूह (महेन्द्र पासवान को नेतृत्वमा) ले साथ दिनुले माधव-मातृका सम्बन्धको पुष्टि गर्ने उनको तर्क छ ।

साथै उक्त घटना माधव नेपाल र मातृका यादवको निर्देशनमा भएको भनी प्रदेश कार्यालयले निकालेको निष्कर्षको पुष्टि पनि दुई समुहबाट आएको ज्ञापनपत्रले गरेको छ ।

भदौ २४ गते बर्दिबासमा आयोजित जिल्ला कमिटीको सपथ ग्रहणमा नेपाल र यादव पक्षले तोडफोडसहित प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास गरिएको आरोप साह पक्षले लगाएको छ ।

उता नेपाल मातृका पक्षले भने साह पक्ष एकलौटी रुपमा अघि बढेको र अनुभवी र योग्य नेता कार्यकर्तालाई बाहिर राखेर आफू पक्षधर र पार्टीमा योगदान नभएका व्यक्तिलाई नेतृत्वमा ल्याउने काम गरेको भन्दै आरोप लगाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : २३ बजे

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रबलीकरण गर्न सकिने

काठमाडौं– जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रबलीकरण सम्बन्धमा विस्तृत क्षति

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९औँ स्वतन्त्रता दिवस 

काठमाडौं– नेपालस्थित भारतीय दुतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी