संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै « Khabarhub

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत हुँदै


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ ।

कलाकार समूहले नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मौलिक नेपाली लोकधुनहरूको विशेष प्रस्तुति गर्नेछ ।

मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका निमित्त नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भसमेत जोडेर आयोजना गरिने उक्त फरक शैलीको सांस्कृतिक/साङ्गीतिक कार्यक्रम असोज २ गते साँझ ५ बजे जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा आयोजना गरिने सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक राईले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : २८ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको