युवकको हत्या आरोपमा गुप्ता र ठाकुर कारागार चलान | Khabarhub Khabarhub

युवकको हत्या आरोपमा गुप्ता र ठाकुर कारागार चलान


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

महोत्तरी– करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नपा–८ बस्ने मिन्टु ठाकुर रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

गत साउन १६ गते गुप्ताकै पसलमा काम गर्ने अर्का कर्मचारी जलेश्वर नपा–६ बस्ने २९ वर्षीय सरोजकुमार साहको हत्या गरी स्थानीय रातुखोलामा फालिदिएको अवस्थामा शव बरामद भएकामा सरोजको हत्याको आरोपमा पसल सञ्चालक गुप्ता र कर्मचारी ठाकुरलाई मङ्गलबार साँझ महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।

प्रहरीले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरलाई भदौ ३ गते नियन्त्रणमा लिएको थियो ।

मृतक कर्मचारी साहका परिवारजनले पसल सञ्चालक गुप्ता र उनका कर्मचारी ठाकुरले मिलेर सरोजको हत्या गरेको भन्दै दुवैमाथि किटानी जाहेरी दिएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर तीनपटकसम्म अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य पूरा गरी महोत्तरी जिल्ला अदालतमा पेश गरेपछि अदालतले दुवैलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको हो ।

फूल पाइन्ट र माथि गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले रातुखोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो ।

प्रहरीले घटना रहस्यमय रहेको भन्दै अनुसन्धान गर्न बढी समय लिइरहेको देखेर पीडित परिवार र स्थानीयवासीले दोषीउपर चाँडोभन्दा चाँडो कारवाही हुनुपर्ने माग गर्दै भदौ २० गते जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका थिए भने जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला अदालतको अगाडिमा चर्को नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ३९ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय