प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बुधबार (आज) विहान ११ बजेका लागि बोलाइएको बैठक दुई घन्टा पछि मात्र बस्ने भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ ।

गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त विधेयक वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ टेवल गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने, प्रधानमन्त्री के।पी। शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तूत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

त्यस्तै गृह मन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, स’परिवेक्षण र समन्वय विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्चावित कार्यसूची रहेको छ ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५, “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तूत गर्ने कार्यसूची रहेको छ ।

आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तत गर्ने कार्यसुची रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ४८ बजे

पृथ्वीसुब्बाले पनि दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले

केन्द्रीय सदस्यमा मनोनयनपछि प्रदीप ज्ञवालीले भने : मेरो मन एकदमै दुख्यो, अब कार्यकर्ता मात्रै रहेँ

काठमाडौं- महासचिवका स्वभाविक दाबेदार प्रदीप ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले

योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र

कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर छ : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद

काठमाडौं- नेकपा एमालेमा दशौँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य