प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बुधबार (आज) विहान ११ बजेका लागि बोलाइएको बैठक दुई घन्टा पछि मात्र बस्ने भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालय जनाएको छ ।

गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त विधेयक वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ टेवल गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६ पेश गर्ने, प्रधानमन्त्री के।पी। शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तूत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

त्यस्तै गृह मन्त्री रामबहादुर थापाले “नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, स’परिवेक्षण र समन्वय विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्चावित कार्यसूची रहेको छ ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५, “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तूत गर्ने कार्यसूची रहेको छ ।

आजकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तत गर्ने कार्यसुची रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : ४८ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल