धरौटी नबुझाउने ५ सय ८६ वटा म्यानपावरको कारोवार बन्द « Khabarhub

धरौटी नबुझाउने ५ सय ८६ वटा म्यानपावरको कारोवार बन्द


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले संशोधित ऐनअनुसार धरौटी रकम नराख्न ५ सय ८६ वटा म्यानपावर कम्पनीको कारोवार बन्द गरेको छ ।

विभागले गत भदौ १८ गतेसम्म धरौटी नराखेका, मर्जरमा गएका म्यानपावर र विगतमै खोरजीमा परेका गरी ५ सय ८६ म्यानपावर कम्पनीका नाममा कुनैपनि कारोवार नगर्न सम्बन्धी पक्षलाइै सूचनामार्फत जानकारी गराएको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको बैंक ग्यारेन्टी र नगद धरौटी नराखेका २ सय १२ म्यानपावर, वैदेशिक रोजगार विभागमा अद्यावधिक नभएका कारोवार बन्द भएका १ सय ७० वटा र विगतमा २ सय ४ वटा म्यानपावर कम्पनी खारेज भएको भन्दै कारोवार नै प्रतिबन्ध लगाएको विभागले जनाएको छ ।

विभागले गत भदौ १८ गतेसम्म ८ सय ५४ म्यानपावर कम्पनीहरुले ऐनले तोकेको धरौटी र बैंक ग्यारेन्टी राखेको सार्वजनिक गरेको छ ।

विभागले खारेजीको सूचीमा समावेश नभएका तर विभागको अनलाईन सूचना प्रणालीमा निष्कृय देखाएका म्यानपावरको कारोवार रोक्काका विषयमा केही भनिएको छैन ।

विभागले विभागमा प्रतिबन्ध भएका म्यानपावरबाट कारोबार गरे गराएको पाएमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

वैदेशिक रोजगार विभागले भाद्र महिनामा मात्रै वैदेशिक रोजगारी पीडितहरुलाई २ करोड १४ लाख नगद क्षतिपूर्ति भराएको छ । भने ,२ करोड ८५ लाख विगो दाबी सहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पठाएको विभागले जानकारी दिएको छ ।

त्यसैगरि ब्यवसायीहरुबाट १९ लाख ५० हजार जरिवाना समेत असूली गराएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ३२ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल